अर्घाखाँचीको शितगंगामा लागु औषध सहित राप्तीका ३ जना पक्राउ



अर्घाखाँचीको शितगंगामा लागु औषध सहित राप्तीका ३ जना पक्राउ

भालुवाङ १३ साउन । अर्घाखाँचीको शितगंगामा लागु औषध सहित ३ जना पक्राउ परेका छन् । शितगंगा नगरपालिका वडा नम्बर–८, सातमारा सुपादेउराली मन्दिरमा बसेर लागु औषध सेवन गरिरहेका दाङको राप्ती गाउँपालिकाका तिन जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका वडा नम्बर–१ का २८ वर्षिय सन्तोष केसी, सोही ठाउँका २४ वर्षिय खुम बहादुर केसी र २२ वर्षिय रोशन श्रेष्ठ रहेका छन् ।उनीहरुको साथबाट लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो गिलो पदार्थ ६० मिली ग्राम, लागू औषध सेवन गर्दा प्रयोग गरिने ब्लेटको टुक्रा २ थान, सानो प्लेट १ थान र लाईटर १ थान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक अमर थापाले बताए ।

पक्राउ परेका तिनै जनालाई लागू औषध मुद्धामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको छ । मन्दिरमा लागू औषध सेवन गरी होहल्ला गरेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । उनीहरुलाई ईलाका प्रहरी कार्यालय ठाडा र अस्थायी प्रहरीचौकी सातमाराबाट खटिएको प्रहरी टोलीले लागू औषध सेवन गरी रहेको अवस्थामा रंगेहात पक्रेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे