झिमरुक खोलामा डुबेर एक महिलाकाे मृत्यु



झिमरुक खोलामा डुबेर एक महिलाकाे मृत्यु

प्यूठान ४ साउन । झिमरुक नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं. ८ गब्दी निवासी अन्दाजी ४० वर्षीया श्याम कुमारी साकी (बाली)को नदिमा डुबेर मृत्यु भएको हो ।

दिउँसो करिव ३ बजे ददेरी भन्ने स्थानबाट श्याम कुमारी बाटोबाट लडेर खोलामा खसेको आफूले जानकारी पाएको वडा अध्यक्ष तुलस बस्नेतले बताउनुभयो । केहि दिनदेखि विरामी श्यामकला श्रीमानसँगै उपचारका लागि मच्छी बजार तर्फ जाँदै गर्दा बाटोबाट लडेर खोलामा खसेको बताइएको छ । प्रहरी घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे