दाङको तुलसीपुरमा अज्ञात समूहको आक्रमणमा परी एक व्यक्ति गम्भीर घाइते



दाङको तुलसीपुरमा अज्ञात समूहको आक्रमणमा परी एक व्यक्ति गम्भीर घाइते

तुलसीपुर २८ असार । दाङको तुलसीपुरमा अज्ञात समूहको आक्रमणमा परी एक व्यक्ति गम्भीर घाइते भएका छन् । गएराति तुलसीपुर घोराही सडक खण्डको बिजौरी स्थित विजौरीबाट तुलसीपुर आउने क्रममा दुई जना अज्ञात व्यक्तिहरूले रा ५ प ८६४८ नम्बरको मोटरसाइकललाई रोकेर तुलसीपुर उपमहानगरपालिका ५ निवासी बेत प्रकाश ओलीलाई कुटपिट गरेका हुन् ।

कुटपिट गरी दुई जना युवाहरु फरार भएका थिए । सडक किनारमा बेहोस अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सुरुमा दुर्घटनाको अनुमान गरिएको थियो । ओली होसमा आएपछि कुटपिट भएको कुरा बाहिरिएको हो ।

घाइते भएका ओलिको अनुहारमा गम्भीर चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । ओली दाङ भ्याली यातायात प्रालिका अध्यक्ष हुन । आक्रमण गरी फरार रहेकाहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे