दाङमा जंगली च्याउ खांदा ६ बिरामी



दाङमा जंगली च्याउ खांदा ६ बिरामी

तुलसीपुर २५ असार । दाङमा जंगली च्याउ खाएर ६ जना बिरामी परेका छन् । शनिबार बिहान स्थानिय जंगलबाट च्याउ खोजेर ल्याएका उनीहरुले पकाएर खाएको केहि समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

प्रवक्ता रिजालका अनुसार बिरामी पर्नेहरुमा घोराही उपमहानगरपालिका ११ खैरा निवासी ४२ वर्षीय भोला बिसी, उनकी छोरी २० वर्षीया सोनु बिसी र १५ वर्षीया पविता बिसी रहेका छन् । त्यस्तै विषादी च्याउ खाएर घोराही १२ हापुर निवासी ४२ वर्षीय लाल बहादुर बस्नेत, उनकी श्रीमती ४० वर्षीया सान्ता बस्नेत र छोरा १६ वर्षीया समिर बस्नेत पनि बिरामी परेको प्रहरीले बताएको छ ।

उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । लाल बहादुरको परिवारको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे