देउखुरीको पिपरीबाट बाख्रा चोरी गर्ने २ जना पक्राउ



देउखुरीको पिपरीबाट बाख्रा चोरी गर्ने २ जना पक्राउ

सिसहनियाँ २५ असार । देउखुरीको राप्ती गाउँपालिका—८ पिपरीबाट ३ ओटा बाख्रा चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । बाख्रा चोरेको आरोपमा ईलाका प्रहरी कार्यालय सिसहनियाँले राप्ती गाउँपालिका—८, पिपरा निवासी बर्ष ४२ का दलबहादुर चौधरी र सोही ठाउँ बस्ने बर्ष ४५ का बलिराम चौधरीलाई प्रकाउ गरेको हो ।

शुक्रबार राती करिब ३ बजेको समयमा प्यूठान जिल्लाको ऐरावती गाउँपालिका—४ तिलकेनी घर भई हाल राप्ती गाउँपालिका—८ पिपरी स्थित भक्तबहादुर खड्काको घरभाँडामा बस्ने कल्पना गुरूङको खोरबाट ३ वटा बाख्रा चोरी गरेका थिए । टिनले छाएको र सिठाले बारेको खोरबाट चोरले १ ओटा बाख्री, १ ओटा बोका र १ ओटा खसी गरी ३ वटा बाख्रा चोरी गरेको गरेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनबिक्रम शाहले जानकारी दिए ।

बाख्रा चोरी भएको स्थानीयबासीबाट खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय सिसहनियाँबाट प्रहरी नायव निरीक्षक जीवन केसीको नेतृत्वमा खटिएको टोलीले दलबहादुर चौधरीको घरमा आशंका लागेर खोजतलास गर्ने क्रममा चोरीको खसी घरभित्र बाधेर राखेको अवस्थामा बरामद गरी निजलाई समेत खोजतलास गर्ने क्रममा राप्ती किनारमा हिडिरहेको अवस्थामा पक्राउ गरिएको र दलबहादुरको बयानको अधारमा बलिरामलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैजना ईप्रका सिसहनियाँले थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय भालुवाङमा पठाएको छ । उनीहरु चोरी कसुरमा मुद्धा चलाइने समेत प्रहरीले बताएको छ ।

 (प्रशिक्षार्थी पत्रकारद्धय निशाकुमारी चौधरी र सिर्जना थापाकाे सहयाेगमा तयार पारिएकाे खबर)

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे