देउखुरीकाे लमही स्थित सहिद नेत्रलाल अभागी प्रतिष्ठान भवनको झ्यालहरु तोडफोड



देउखुरीकाे लमही स्थित सहिद नेत्रलाल अभागी प्रतिष्ठान भवनको झ्यालहरु तोडफोड

लमही २३ असार । लमही रातोडाँडा स्थित सहिद नेत्रलाल अभागी प्रतिष्ठानका झ्यालहरु अज्ञात समूहले पुनः तोडफोड गरेका छन् । यस अघि तोडफोड गरिएका झ्यालका शिसाहरु,उद्घाटन बोर्ड लगायत प्रतिष्ठानका विभिन्न सामाग्री मर्मत गरेको थियो।

तर अहिले उक्त भवनका पश्चिम तर्फका अधिकांश झ्यालका शिसाहरु तोडफोड गरिएका छन् । झ्यालका शिसाहरु बाहिरबाट ढुंगामुढा प्रहार गरि फोडिएका छन् । झ्यालका शिसा फोडेर भवन भित्र ठूलठूला ढुंगाहरु छरपस्ट देख्न सकिन्छ।

वडा प्रहरी कार्यालय लमही बाट ३ सय मिटर जति टाढा दुरिमा रहेको सो भवन पटकपटक तोडफोड हुँदासम्म प्रहरी बेखबर रहेको पाइएकोछ । वडा प्रहरीको भ्यान रातदिन गस्ती त गर्छ तर भवन तोडफोड सम्बन्धित कुनै चाँसो नदेखाएको स्थानीयले बताएका छन् ।

यो सम्बन्धि नेकपा एमाले लमही नगर इन्चार्ज एवं प्रारम्भिक प्रतिष्ठान निर्माण समितिका सदस्य रतन कुमार केसीले कुनै राजनीति आग्रह र पुर्वाग्रहीको माध्यमद्वारा सार्वजनिक भवनको झ्यालहरु तोडफोड भएको हुनसक्ने बताएका छन् ।

त्यस्तै उनले वडा प्रहरी कार्यालयको नजिकै रहेको उक्त प्रतिष्ठानको भवन त्यसरी तोडफोड हुँदासम्म प्रहरीले दोषीलाई पक्राउ गरि कार्वाही गर्न सक्नु अत्यन्तै दु:खदायी रहेएको बताए ।

त्यसैगरी भवन तोडफोड सम्बन्धित वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक पुष्पराज थापासंग बुझ्दा सो घटना १५ दिन अघिको रहेको र अहिले प्रहरीले आफ्नो फोर्स बढाएर गस्तीसंगै दोषीको खोजी कार्यलाई तीब्र पारिएको बताएका छन् । यस्तै उनले रातिको समय उक्त स्थानमा विशेष निगरानी बढाएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे