काठमाण्डाै उपत्यकामा थप २ जना हैजा सङ्क्रमण पुष्टि



काठमाण्डाै उपत्यकामा थप २ जना हैजा सङ्क्रमण पुष्टि

काठमाण्डाै २३ असार । काठमाण्डौ उपत्यकामा थप दुई जनामा हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएकाे छ ।गए राति कागेश्वरी मनहरा नगरपालिकाका ६ का १२ वर्षीय बालक र काठमाण्डाै १३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएकाे हाे ।

याेसँगै अहिलेसम्म काठमाण्डौ उपत्यकामा २३ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको महाशाखाका निर्देशक डा. चुमनलाल दासले जानकारी दिए । उनका अनुसार १२ वर्षीय बालकको कागेश्वरी मनहरा अस्पताल र काठमाण्डौका ५८ वर्षका पुरुषको टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे