लालमटियाको सिभिल लघुबित्तद्धारा राप्तीको बिकटबस्ती धापखोला पुगेर शैक्षिक सामाग्री बितरण



लालमटियाको सिभिल लघुबित्तद्धारा राप्तीको बिकटबस्ती धापखोला पुगेर शैक्षिक सामाग्री बितरण

लालमटिया २३ असार । सिभिल लघुबित्त वित्तिय संस्था लालमटिया दाङले मंगलबार दाङको एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाले आफ्नो १० औँ वार्षिक उत्सवको अवसर पारी राप्ती गाउँपालिका ९ स्थित भद्राक्षी प्रा.वि. धापखोला देवीकोटमा अध्ययनरत १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई ३० हजार रकम बराबरको शैक्षिक सामाग्री वितरण गरेको संस्थाका प्रमुख कृष्ण अधिकारीले बताए ।

दाङको विकट ठाउँमा रहेका विद्यार्थीहरुलाई शैक्षिक सुधारमा टेवा पुर्याउने उदेश्यले सामाग्री वितरण गरेको प्रमुखले बताए ।राप्ती गाउँपलिकामा विभिन्न सरकारी विद्यालय हुँदाहुँदै पनि दुर्गम ठाउँको विद्यालयलाई छनोटमा पारी शैक्षिक सामाग्री दिएको भन्दै ९ नं. का वडाध्यक्ष रिम बहादुर सुनारी मगरले संस्थालाई धन्यवाद समेत दिएका थिए ।

२०६९ सालमा २ वटा शाखाद्वारा आफ्नो वित्तिय कारोबार सुरु गरेको संस्थाले हाल अधिराज्यभर ७५ वटा शाखाबाट ७० हजार सदस्यलाई वित्तिय पहुँचमा ल्याएको छ । संस्थाले विपन्न निम्न आय भएका गरिब परिवारलाई लघु व्यवसाय सञ्चालन गर्न गुणस्तरिय सेवा पुर्याउने लक्ष्य लिएको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे