बाजुराको बूढीगङ्गामा आज पुनः मतदान, सुरक्षा व्यवस्था कडा



बाजुराको बूढीगङ्गामा आज पुनः मतदान, सुरक्षा व्यवस्था कडा

काठमाण्डाै २३ असार । बाजुराको बूढीगङ्गा नगरपालिकामा आज पालिका चुनावका लागि पुनः मतदान हुँदैछ । बिहान ७ बजेदेखि सुरु हुने मतदान बेलुका ५ बजेसम्म चल्नेछ । मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहित झन्डै १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसअघि गएको वैशाख ३० गते भएको मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।

१० वटा मतदानस्थल र १९ वटा केन्द्र रहेको बूढीगङ्गामा पुनः मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वटा वडा रहेको नगरपालिकाको मतदाता सङ्ख्या झन्डै १ हजार ३ सय रहेको छ ।

नगरप्रमुखमा एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रङ्गबहादुर खाती प्रमुख पदका उम्मेदवार हुनुहुन्छ । गएको वैशाख ३० गते भएको पालिका चुनावबाट ७ सय ५३ पालिकामध्ये बूढीगङ्गाबाहेक अरु सबै पालिकामा जनप्रतिनिधि चुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे