दाङमा एक वडाअध्यक्ष कै घरबाट मोटरसाइकल चोरी



दाङमा एक वडाअध्यक्ष कै घरबाट मोटरसाइकल चोरी

 दाङ २३ असार । दाङकाे घोराही उपमहानगर पालिका वडा नम्बर ११ का वडाअध्यक्ष कुल बहादुर लामिछाने को घरै देखि मोटरसाइकल चोरी भएको छ। घोराही उपमहानगरपालिका ११ स्थित बासगजेरी घर भएका अध्यक्षका छोरा चढ्ने गरेको लु ३० प ३०३० नम्बर को रातो र कालो कलर को २२० मोटरसाइकल गए राती घरै देखि चोरी भएको हाे ।

सोही वडाको जितपुर गाउँमा करिब ३०,३५ किलो को खसी पनि राती बाधिरहेको गोठ भित्रै देखि काटेर अज्ञात समुहद्वारा चोरी भएको थियो र घटना सेलाउन नपाउदै आज अध्यक्ष कै घर देखि मोटरसाइकल चोरी हुँदा सिङ्गो वडाबासी नै सुरक्षा को पहुचदेखी पछाडी रहेको महसुश गर्न थालेका छन ।

घरमै रोकिराखेको मोटरसाइकल राती निकालेर सोही गाउँ देखि दक्षिण तिर धुधरास बासगजेरीको बाटो मा लिएर गएको आसङ्का लागेर सो एरियामा खोज्दै गरेका मोटरसाइकल चालक वडा अध्यक्षका छोरा प्रबिन लामिछानेले जानकारी दिए । साथै उनले कहिकतै भेटेकाे खण्डमा आफ्नो सम्पर्क नम्बर ९८०९७५१३९३ अथवा नजिक को प्रहरी चौकीमा खबर गर्न अनुराेध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे