अर्थ मन्त्रालय प्रधानमन्त्री देउवा आफैँले सम्हाल्ने



अर्थ मन्त्रालय प्रधानमन्त्री देउवा आफैँले सम्हाल्ने

काठमाण्डाै २३ असार । अर्थ मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै सम्हाल्ने भएका हुन् ।

बुधवार शर्मामाथि छानबिन गर्न संसदले ११ सदस्यीय समिति गठन गरेपछि उहाँले प्रतिनिधि सभा बैठकमा सम्बाेधन गर्दै राजीनामा दिएका हुन् । शर्माले राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानकाे धारा ७७ काे उपधारा (२) अनुसार देउवालाई अर्थ मन्त्रालयकाे जिम्मेवारी ताेकेकी हुन् ।

शर्मा नेकपा माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका थिए । शर्मामाथि छानबिन सकिएपछि मात्र नयाँ मन्त्री पठाउने माओवादीकाे तयारी छ । बुधबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग बाेल्दै माओवादी नेता वर्षमान पुनले तत्कालै कुनै पनि नेतालाई अर्थमन्त्रीमा नपठाइने बताउनुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे