बेलायती प्रधानमन्त्री बोरिस जोनसनकाे कार्यशैलीप्रति चर्को आलोचना : पद नछाड्ने अडान



बेलायती प्रधानमन्त्री बोरिस जोनसनकाे कार्यशैलीप्रति चर्को आलोचना : पद नछाड्ने अडान

काठमाडाैँ २३ असार । बेलायतमा राजनीतिक सङ्कट गहिरिएको छ । अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिएका छन् । उनीहरुले प्रधानमन्त्री बोरिस जोनसनको कार्यशैलीप्रति चर्को आलोचना समेत गरेका छन् ।

सुनाक र जाविदसँगै अरु ६ जना मन्त्रीले पनि राजीनामा दिएका छन् । तर प्रधानमन्त्री जोनसनले पद नछाड्ने अडान राखेका छन् । उनले सन् २०१९ को चुनावले दिएको जनादेश आफूसँग रहेको भन्दै मन्त्रीहरु परिवर्तनले जनादेश नगुम्ने बताएको बीबीसीले जनाएको छ ।

सत्तारुढ दल कन्जरभेटिभ भित्रै प्रधानमन्त्री जोनसनको विकल्प खोज्न यसअघि ल्याइएको अविश्वास प्रस्ताव विफल भएको थियो । अहिलेको नियम अनुसार उहाँले एक वर्षका लागि अर्को त्यस्तो चुनौतीको सामना गर्नुपर्ने छैन । तर अर्को अविश्वास प्रस्तावका लागि पार्टीको विधान परिवर्तन गर्ने प्रयास भइरहेको छ।

बीबीसीसँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री जोनसनले क्रिस पिन्चरविरुद्ध लागेका यौन दुर्व्यवहारसम्बन्धी आरोपबारे जानकारी हुँदाहुँदै पनि आफूले सहायक प्रमुख सचेतक नियुक्त गर्नु गल्ती भएको स्वीकार गर्नुभएको छ । जोनसनले गल्ती स्वीकार गरेपछि राजनीतिले नयाँ मोड लिएको हो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे