आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना



आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

दाङ २३ असार  । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार देशभर मनसुनी वायुको प्रभावले गर्दा यी दुई प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हाे ।

देशका केही स्थानहरुमा भने हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल विहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आँशिक देखि सामान्य बदली रहेको छ, भने प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।

यस्तै आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा बाँकी भू(भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे