इलाका प्रहरी कार्यालय सिसहनियाँको नयाँ प्रहरी प्रमुखमा : जीवन केसी



इलाका प्रहरी कार्यालय सिसहनियाँको नयाँ प्रहरी प्रमुखमा : जीवन केसी

सिसहनियाँ २१ असार ।  इलाका प्रहरी कार्यालय सिसहनियाँमा नयाँ प्रहरी प्रमुखको रूपमा प्रहरी नायव निरिक्षक जीवन केसी आएका छन् ।

यस अघिका कार्यालय प्रमुख कुमार केसी जिल्ला तानिए पछि सो ठाउँमा  इलाका प्रहरी कार्यालय कोइलाबासबाट केसी  सरूवा भएर आएका हुन् ।

प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका प्रहरी नायव निरिक्षक केसीले यस क्षेत्रको शान्ति सुरक्षा अमन चयन कायम गर्न कुनै कमी नहुने बताएका छन् । मंगलबार आफ्नै कार्यकक्षमा आयोजना गरेको परिचयात्मक कार्यक्रममा प्रहरी नायव निरिक्षक केसीले आफ्नो कार्यकालमा गैरकानुनी काम नगर्ने र गर्न नदिने बताएका छन् ।

काम गर्ने क्रममा आफू र आफ्नो टिमबाट कुनै कमी कमजोरी भए खवरदारी गर्न पनि सुझाव दिएका छन् । त्यस्तै उनले आफ्नो इलाकामा कुनै पनि घटना दुर्घटना हुन नदिन कटिबद्ध भएर लाग्ने र कुनै घटना बारे सुचना दिना साथ प्रहरी टिम खट्ने बताए । उनले प्रहरीको विभागको नीति निर्देशन अनुसार काम गर्ने बताएका छन् ।

साथै उनले आफ्नो काममा जनप्रतिनिधि तथा सरोकारवालाहरूलाई साथ सहयोग दिन पनि अनुरोध समेत गरेका छन् । कार्यक्रम अन्य वक्ताहरूले लागुआैषध दुरवेशन, चोरी, सडक दुर्घटना हुन नदिन विशेष कार्यक्रम चलाउन आवश्यक रहेको समेत बताएका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी, ७ का वडा अध्यक्ष सिताराम चाैधरी, ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरूङ, वडा सदस्य गोविन्द बहादुर कुवर क्षेत्री, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी, प्रगतिनगर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका भरत पाण्डे, सिंगे टोल विकास समितिका जीवराज भट्टराई, समाजसेवी तुलसीप्रसाद गाैतम, पत्रकारहरू ओमप्रकाश गुप्ता, सन्तोषकुमार गुप्ता, प्रशिक्षार्थी पत्रकारहरू सिर्जना थापा, निसा कुमारी चाैधरी लगायतले आ- आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन प्रहरी हवल्दार मदन एमसीले गरेकाे प्रशिक्षार्थी पत्रकार निसा कुमारी चाैधरीले खवर पठाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे