देउखुरीको पिपरीमा खेतमा पानी सिचाई गर्न गएका चाैधरीको लडेर मृत्यु



देउखुरीको पिपरीमा खेतमा पानी सिचाई गर्न गएका चाैधरीको लडेर मृत्यु

सिसहनियाँ २१ असार । दाङको देउखुरीमा एक व्यक्तिको लडेर मृत्यु भएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी ४१ वर्षिय महेश चाैधरी मंगलबार विहान ६:३० बजे खेतमा सिचाई गर्न गएका बेला लडेका थिए ।

खेतमा लडेर गम्भीर घाइते भएका चाैधरीको उपचारका लागि लमही अस्पताल लगे लगत्तै चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ ।

मृतक चाैधरीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालको शव गृहमा राखिएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे