देउखुरीमा टेम्पोको ठक्करबाट पैदलयात्रीको मृत्यु



देउखुरीमा टेम्पोको ठक्करबाट पैदलयात्रीको मृत्यु

लमही २० असार । देउखुरीको लमही नगरपालिका–५ वयलडाँडामा टेम्पोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीया राजकुमारी चौधरी रहेका छन् ।

टेम्पोको ठक्करबाट गम्भीर घाइते हुनुभएकी चौधरीको उपचारको क्रममा चौराहा अस्पताल बुटवलमा आज बिहान मृत्यु भएको हो । लमहीबाट गढवातर्फ जाँदै गरेको रा १ स ३४५० नम्बरको टेप्पोले गएराती साढे ९ बजे सडक पार गर्दै गरेकी महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । टेम्पो चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे