नागरिकलाई स्वस्थ बनाउने देखि स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने राप्तीको निर्णय



नागरिकलाई स्वस्थ बनाउने देखि स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने राप्तीको निर्णय

भालुवाङ १९ असार । राप्ती गाउँपालिकाले नागरिकहरूलाई स्वस्थ बनाउने देखि लिएर स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लगायतको महत्त्वपूर्ण निर्णय गरेको छ ।

आइतबार राप्ती गाउँपालिका गाउँकार्यपालिकाको तेस्रो लाइभ बैठकले सो निर्णय गरेको हो । कार्यपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकले गाउँपालिका क्षेत्र भित्र कोल्डड्रीङक्स प्रयोग नगर्ने त्यसको सट्टा दुध जन्य पदार्थबाट बनेको परिकार जस्तै लस्सी,मिल्क सेक,महि र जङक फुडको सट्टा मकै, गहुँको रोटी, चना आदि प्रयोग गर्ने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने निर्णय गरेको छ ।
त्यस्तै रवर तथा प्लास्टिकजन्य फूल, खाँदा, भाँडावर्तन प्रयोग नगरि त्यसको ठाउँमा फूलको माला प्रयोग गर्न सरकारी कार्यालय, विद्यालय र अस्पताललाई निर्देशन दिने र पुष्प व्यवसायीलाई प्रोत्साहन गर्ने पनि निर्णय गरेको छ ।

बैठकले ९ वटै वडामा विनियोजित बजेटमा पुरक बजेटबाट १५/१५ लाख बजेट थप गर्ने, फोहोरमैला व्यवस्थापन २०७९ स्वीकृत गरि वडा नम्बर ४ मा सरसफाई केन्द्र स्थापना गर्ने, दातृ निकायबाट घुम्ती शाैचालय सहितको बहुउपयोगी भवन निर्माणका लागि वडा नम्बर ८ को पिपरीमा भवन निर्माणका लागि अनुमति दिने, ९ वटै वडामा गठित टोल विकास संस्थालाई पुर्नगठन गरि वडा कार्यालयमा दर्ता गर्ने निर्णय गरेको छ ।

प्रस्तावित भालुवाङ अस्पताल र सिसहनियाँ स्वास्थ्य चाैकीमा बिग्रेका एम्बुलेन्स तथा राप्ती गाउँपालिकामा बिग्रिएर थन्किएका गाडी तत्काल मर्मत गरि सञ्चालनमा ल्याउने, संघ र प्रदेशबाट बिनियोजित बजेट कार्यन्वयनका लागि वडा कार्यालय सँग सहकार्य र समन्वय गरि सञ्चालन गर्ने, आगामी गाउँ सभाको तेस्रो बैठक २०७९ असार २३ गते दिउँसो १ बजे बस्ने र कार्यपालिकाको नियमित बैठक हरेक महिनाको ५ गते दिउँसो १ बजे बस्ने निर्णय समेत गरेको छ ।

बैठकमा कार्यपालिका सदस्यहरूको सहभागीता रहेको बैठक को सहजीकरण प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले गरेका थिए ।

यस्तो छ कार्यपालिका बैठकका निर्णयहरू

राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको २०७९ असार १९ गते बसेको तेस्रो लाइभ बैठकको महत्त्वपूर्ण निर्णयहरू
………………………………………………………………

♦️ ९ वटै वडामा विनियोजित बजेटमा पुरक बजेटबाट १५/१५ लाख बजेट थप गर्ने

♦️ फोहोरमैला व्यवस्थापन २०७९ स्वीकृत गरि वडा नम्बर ४ मा सरसफाई केन्द्र स्थापना गर्ने

♦️दातृ निकायबाट घुम्ती शाैचालय सहितको बहुउपयोगी भवन निर्माणका लागि वडा नम्बर ८ को पिपरीमा भवन निर्माणका लागि अनुमति दिने ।

♦️९ वटै वडामा गठित टोल विकास संस्थालाई पुर्नगठन गरि वडा कार्यालयमा दर्ता गर्ने

♦️प्रस्तावित अस्पताल भालुवाङ र सिसहनियाँ स्वास्थ्य चाैकीमा बिग्रेका एम्बुलेन्स तथा राप्ती गाउँपालिकामा बिग्रिएर थन्किएका गाडी तत्काल मर्मत गरि सञ्चालनमा ल्याउने

♦️संघ र प्रदेशबाट बिनियोजित बजेट कार्यन्वयनका लागि वडा कार्यालय सँग सहकार्य र समन्वय गरि सञ्चालन गर्ने

♦️राप्ती गाउँपालिका कोल्डड्रीङक्स प्रयोग नगर्ने त्यसको सट्टा दुध जन्य पदार्थबाट बनेको परिकार जस्तै लस्सी,मिल्क सेक,महि र जङक फुडको सट्टा मकै, गहुँको रोटी, चना आदि प्रयोग गर्ने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने ।
त्यस्तै रवर तथा प्लास्टिकजन्य फूल, खाँदा, भाँडावर्तन प्रयोग नगरि त्यसको ठाउँमा फूलको माला प्रयोग गर्ने र पुष्प व्यवसायीलाई प्रोत्साहन गर्ने ।

♦️आगामी गाउँ सभाको तेस्रो बैठक २०७९ असार २३ गते दिउँसो १ बजे बस्ने

♦️कार्यपालिकाको नियमित बैठक हरेक महिनाको ५ गते दिउँसो १ बजे बस्ने ।
स्रोत : पहलवान चाैधरी ( अनुप ) :- प्रवक्ता राप्ती गाउँपालिका मसुरीया, दाङ

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे