राप्तीमा सार्वजनिक सुनुवाई, गाउँपालिकाको खर्च विवरण सुचना पाटीमा टाँस्न माग



राप्तीमा सार्वजनिक सुनुवाई, गाउँपालिकाको खर्च विवरण सुचना पाटीमा टाँस्न माग

भालुवाङ २० असार । राप्ती गाउँपालिकामा सोमवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । राप्ती गाउँपालिकाको आयोजना तथा प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्जको सहयोग एवं सामुदायिक सेवा केन्द्र बाँकेको सहजीकरणमा सेवाग्राहीका समस्याहरु प्रति पालिकाको जवाफदेहिता भन्ने विषयमा जिम्मेवार व्यक्तिहरु र सेवाग्राही बीच सार्बजनिक सुनुवाई कार्यक्रम भएको गरिएको हो ।

सार्वजनिक जवाफदेहिता प्रवर्धन कार्यक्रम अन्तर्गत कार्यगत क्षमता स्व– मुल्यांकनका लागि प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्जको सहजीकरणमा सार्बजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी सेवाग्राहीहरुले गाउँपालिकाको खर्च विवरण सवैले देख्ने गरी सुचना पाटीमा टाँस गर्न सुझाव दिएका छन् । त्यस्तै बाटोघाटोको समस्या, कार्य सम्पादन लगायतका विषय वस्तुमा प्रश्न उठाएका थिए ।

राप्ती गाउँपालिकाको ९ वटै वडाका सेवाग्राही बिच सेवाग्राहीका समस्या र सुझाब प्रति पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरुले उठेका प्रश्न र सुझाबको उत्तर दिएका थिए । विभिन्न क्षेत्रका ब्यक्ति र सेवाग्राहीले विभिन्न शाखा अन्तर्गतका जिम्मेवार ब्यक्ति सँग आफ्ना समस्या र गुणासो गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सुचना अधिकारी विश्वास विक र धन्यवाद मन्तव्य उपाध्यक्ष कमलापती चौधरी दिएका थिए । कार्यक्रमको सहजीकरण प्रदिप आचार्यले गरेको प्रशिक्षार्थी पत्रकार अरुण पौडेल र हरि भण्डारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे