मध्यरातमा राप्ती गाउँपालिकाकाे बजेट घाेषणा



मध्यरातमा राप्ती गाउँपालिकाकाे बजेट घाेषणा

भालुवाङ ११ असार । मध्यरातीमा राप्ती गाउँपालिकाकाे बजेट घाेषणा भएकाे छ ।

एमालेबाट निर्वाचित उपाध्यक्ष सहित ४ जना वडा अध्यक्ष र सदस्यहरूले गाउँसभा बहिष्कार गरेपनि  बहुमत गाउँसभा सदस्यहरूकाे उपस्थितिमा आर्थिक बर्ष २०७९/०८० काे बजेट घाेषणा गरिएकाे हाे ।

उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजश्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गते भित्र सभामा पेश गर्नु प्रावधान अनुसार पालिका अध्यक्ष प्रकाश बिष्टकाे आदेशमा ४ नम्बर वडा अध्यक्ष बिरबहादुर चाैधरीले उक्त बजेट गाउँसभामा पेस गरेका हुन् । चाैधरीले राती ११ बजेर ५५ मिनेटमा बजेट घोषणा गरेका थिए ।

गाउँपालिकाले आगामी आर्थिक २०७९-०८० का लागि ६१ कराेड करोड ५४ लाख ८४ हजार बराबरको बजेट ल्याएको भए पनि सभामा प्रस्तुत भने गरिएको छैन् । गाउँसभामा बहुमत सदस्यहरूकाे समर्थन रहेकाे थियाे ।

गाउँपालिकामा विषयगत समितिको बैठक बस्न नपाउँदै आफू खुसी कार्यपालिका बैठक राखेको र बजेटको तयारी नपुगेको भन्दै उपाध्यक्ष कमलापती चाैधरीले बजेट प्रस्तुत नगरि बैठकबाट बाहिरिएकी थिइन् ।

शुक्रबार बेलुका ६ बजे बसेको लाइभ बैठकमा वडा नम्बर १, ५, ७ र ८ का वडा अध्यक्षहरूले पनि वडामा बजेट सिलिङ कम भएको भन्दै असन्तुष्टि जनाउँदै कार्यपालिका बैठकको उपस्थितिमा हस्ताक्षर समेत नगरि बाहिरिएका थिए । गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिक्षा, स्वास्थ्य र कृषिमा बढी बजेट विनियोजन गर्नु परेकोले वडा तहमा केही बजेट कटाैती गर्नु परेको बताएका छन् ।

केही वडा अध्यक्ष तथा सदस्यहरूले शिक्षा, स्वास्थ्यमा बजेट हाल्न नचाहेकोले कार्यपालिका बैठक सर्वसहमतीले पारित हुन नसकेको हो । वडा अध्यक्षहरूले सिलिङ बजेटमा १५ लाख बजेट थप गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे