सबै विद्यार्थीलाई सहुलियत चुल्होको व्यवस्था गर्न नेविसङ्घको माग



सबै विद्यार्थीलाई सहुलियत चुल्होको व्यवस्था गर्न नेविसङ्घको माग

काठमाण्डौ १ असार । नेपाली कांग्रेसको प्रमुख भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ नेविसङ्घले सबै विद्यार्थीलाई सहुलियत दरमा चुल्होको व्यवस्था गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वले मङ्गलवार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्राविधिक निर्देशक डा. नारायणप्रसाद अधिकारीलाई भेटेर सरकारद्वारा सहुलियत दरमा वितरण गरिने भनिएको विद्युतीय चुल्हो सबै विद्यार्थीलाई दिन माग गरिएको हो ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको जेठ २५ गतेको निर्णयअनुसार आदिवासी, जनजाति र दलित विद्यार्थीलाई सहुलियतमा चुल्हो दिने निर्णयको नेविसङ्घले स्वागत गर्दै आवश्यकताको सिद्धान्तअनुसार सबै विद्यार्थीलाई सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउन माग गरेको हो । नेविसङ्घका अध्यक्ष शेर्पाले विद्यार्थीको आधारभूत आवश्यकता विद्युतीय चुल्हो भएकाले सहुलियत दरमा उपलब्ध गराउन केन्द्रलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे