स्थानीय निर्वाचनको सुरक्षार्थ भर्ना भएका म्यादी प्रहरीलाई दाङमा बिदाई



स्थानीय निर्वाचनको सुरक्षार्थ भर्ना भएका म्यादी प्रहरीलाई दाङमा बिदाई

दाङ ७ जेठ । स्थानीय निर्वाचनको सुरक्षार्थ भर्ना भएका म्यादी प्रहरीलाई दाङमा बिदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले शनिबार एक कार्यक्रमको आयोजना गरेर बिदाई गरेको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरी म्यादी प्रहरीहरुलाई धन्यावाद सहित प्रमाणपत्र प्रदान गरेर बिदाई गरिएको छ । प्रजिअ रेग्मीले निर्वाचन निकै संवेदशिल पाटो भएको र म्यादी प्रहरीहरुले आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गरेको भन्दै उच्च प्रंशसा गरे ।

साथै प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेशप्रसाद काफ्लेले उनीहरुले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेको, अनुशासित भएका कर्तव्य पालना गरेको, त्रुटी रहित ढंगले जिम्मेवारी निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । जिल्लामा १७ सय ७ जना म्यादी भर्ना भएका थिए ।

७ जना विविध कारणले आउन नसकेको र १७ सय जनाले जिम्मेवारीलाई कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका उनको भनाइ छ । उनीहरुलाई तलब, भत्ता लगायतका सेवा सुविधाहरु बैंक खाता मार्फत भुक्तानी गरिएको समेत एसपी काफ्ले जानकारी दिए ।

विदाई कार्यक्रममा दुई जना म्यादी प्रहरीले आफ्नो मन्तव्य व्यक्त गर्दै म्यादी प्रहरीले पनि निर्वाचन गराउने सुरक्षाको पाटो महत्वपूर्ण भएको र आँफूहरु छनोटमा परेर कुशलतापूर्व सेवा गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरेका थिए । म्यादी प्रहरीले करिब ४० दिन काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे