भालुवाङ र सिसहनियाँको फोहोर तत्काल व्यवस्थापन हुन्छ : अध्यक्ष विष्ट



भालुवाङ र सिसहनियाँको फोहोर तत्काल व्यवस्थापन हुन्छ : अध्यक्ष विष्ट

सिसहनियाँ ७ जेठ । राप्ती गाउँपालिकाका नव निर्वाचित अध्यक्ष प्रकाश विष्टले भालुवाङ र सिसहनियाँको फोहोर तत्काल व्यवस्थापन गर्ने बताएका छन् ।

सिसहनियाँ उद्योग वाणिज्य संघले राप्ती गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई शनिबार सिसहनियाँमा आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा अध्यक्ष विष्टले सो कुरा बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले भालुवाङको फोहोर भालुवाङमा र सिसहनियाँको फोहोर तत्काल सिसहनियाँमा अल्पकालीन रूपमा व्यवस्थापन गर्न वडा अध्यक्षहरू सँग कुरा भइसकेको बताए ।

तत्काल अल्पकालीन फोहोर व्यवस्थापन पछि दिर्घकालिन फोहोर व्यवस्थापनका लागि विज्ञ टोलीको अध्ययन पछि गरिने बताएका छन् ।

अध्यक्ष विष्टले राप्ती गाउँपालिकामा रोजगारीको समस्या रहेकोले आउने आर्थिक वर्ष देखि रोजगार बैंक स्थापना गर्ने, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा महत्त्वपूर्ण काम गर्ने बताएका छन् ।

उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता तथा नवनिर्वाचित उपाध्यक्ष कमलापती चाैधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रमुख प्रहरी नायव निरिक्षक कुमार केसी, देउखुरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्ल, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी, स्वास्थ्यकर्मी बसन्त कुमार रावत, सिसहनियाँ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष शान्त राज भण्डारी, राप्ती गाउँपालिका वडा नम्बर १ का नवनिर्वाचित वडा अध्यक्ष गेमबहादुर खड्का, वडा नम्बर ४ का वडा अध्यक्ष विरबहादुर चाैधरी र वडा नम्बर ६ का वडा अध्यक्ष प्रकाश कुमार चाैधरी, वडा नम्बर ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगर लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संघका सचिव मदन पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे