बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु



बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

बर्दिया १६ कार्तिक । बर्दियामा पाटेबाघको आक्रमबाट ​एक जनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रसँग सीमा जोडिएको गेरुवा गाउँपालिकामा शनिबार बेलुका पाटेबाघको आक्रमणबाट ६८ वर्षीय लहानु थारुको मृत्यु भएको हो ।

घर नजिकै रहेको खोलामा गोरुलाई पानी खुवाउने क्रममा पाटेबाघले आक्रमण गर्दा थारुको घटनास्थलमै मृत्यु भएको हो । बाघले थारुलाई आक्रमण गरी मारेर त्यहीँ छाडेको र एउटा गोरुलाई बोकेर जंगलतर्फ लगेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए ।

नेपाल भारत सीमा नजिकको मधुवन नगरपालिका ३ मा पर्ने पुरानो भन्सार कार्यालय धनौरा नजिक डिभिजन वन कार्यालय अन्तर्गतको बेलझुण्डी सामुदायिक वनमा पाँच दिनअघि गएको मंगलबार दिउँसो पाटे बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे