दाङमा जनता आवास कार्यक्रम अन्तर्गत २ सय ७३ घर निर्माण हुँदै, बिपन्न अल्पसंख्यक तथा दलितको मुहारमा खुसी



दाङमा जनता आवास कार्यक्रम अन्तर्गत २ सय ७३ घर निर्माण हुँदै, बिपन्न अल्पसंख्यक तथा दलितको मुहारमा खुसी

दिपक वली, घाेराही १६ कार्तिक । 

दाङमा जनता आवास कार्यक्रम अन्तर्गत २ सय ७३ घर निर्माण हुँदै छन् । यस आर्थिक रूपमा विपन्न र लोपोन्मुख तथा दलित जातिका लागि जिल्लामा सञ्चालित यो कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा छनौट भएका २ सय ७३ घर चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुने भएका हुन् ।

सरकारले संचालन गरेको यो कार्यक्रमबाट जिल्लाका बिभिन्न स्थानमा रहेका लाभग्राहि हरु निकै खुसि छन र भन्छन् हाम्रो देशमा पनि सरकार रै छ । सरकारले दिएको यो खुसीमा भने लाभग्राहीले घर निर्माणमा लाग्ने सबै खर्च दिए अझै यस्ता गरीब दुखिलाई राहत मिल्ने गुनासो गर्छन् ।

यो कार्यक्रम अन्र्तगत रोल्पामा १ सय १२, प्यूठानमा १ सय १० र पूर्वी रुकुममा ४६ घर निर्माण हुने भएका छन् । चालु आर्थिक वर्षमा यी चार जिल्लामा थप ६५ घर निर्माणका लागि छनोट भएका छन् ।

दाङमा गत आर्थिक बर्षमा छनोट भएका बबई गाँउपालिकामा २०, दंगीशरण गाँउपालिकामा १७, शान्तिनगर गाँउपालिकामा १३, तुलसीपुर उपमहानगरपालिकामा ५३, घोराही उपमहानगरपालिमा ५६, बंलाचुली गाँउपालिकामा ३६, लमही लगरपालिकामा २९ राप्ती गाँउपालिकामा १३, गढवा गाँउपालिकामा १५ र राजपुर गाँउपालिकामा २१ घर निर्माण सम्पन्न हुन लागेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका इन्जिनियर शेरबहादुर केसीले जानकारी दिए ।  घर निर्माणको लागि ३ किस्ता रकम समेत बितरण गरेको इन्जिनियर केसीले जानकारी दिए ।

सरकारले उक्त कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष दलित समुदायका अतिविपन्न तथा लोपोन्मुख जातिका लागि घर निर्माण गर्दै आएको छ । घर निर्माणका लागी प्रत्येक परिवारले चार किस्तामा तीन लाख ३५ हजार ५ सय अनुदान पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे