राप्तीको वडा नम्बर ७ एमालेमय बन्दै, तरूण दलका अध्यक्ष सहित १ सय बढी कार्यकर्ता एमालेमा प्रवेश



राप्तीको वडा नम्बर ७ एमालेमय बन्दै, तरूण दलका अध्यक्ष सहित १ सय बढी कार्यकर्ता एमालेमा प्रवेश

सिसहनियाँ १५ वैशाख । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ एमालेमय बन्न थालेको छ ।

देशभर एमाले पार्टी मन पराउनेहरूको लहर बढे सँगै राप्ती गाउँपालिकामा पनि एमाले प्रतिको मोह अन्य पार्टीका कार्यकर्तामा बढ्न थालेको छ ।

यसै क्रममा बिहीबार राप्ती गाउँपालिका वडा नम्बर ७ को अर्नहनपुरमा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको आयोजना पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

युवा संघ राप्ती गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष अर्जुन चाैधरीको अध्यक्षता एवम् पार्टीका केन्द्रीय सदस्य गंगा चाैधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस राप्ती गाउँपालिका वडा नम्बर ७ तरूण दलका अध्यक्ष नरिजन चाैधरीको नेतृत्वमा १ सय बढी कार्यकर्ता नेकपा एमालेमा प्रवेश छन् ।
नयाँ प्रवेशीहरूलाई टीका लगाएर पार्टीमा प्रवेश गराइएको थियोे । सो अवसरमा पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य गंगा चाैधरी, जिल्ला सल्लाहकार खिमबहादुर केसी पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य तथा क्षेत्र नम्बर १ क का सहइन्चार्ज भद्र बहादुर ओली, पार्टीका राप्ती गाउँपालिका कमिटी अध्यक्ष मदन अधिकारी, अध्यक्ष पदका उम्मेदवार जगत पोख्रेल, उपाध्यक्ष पदका उम्मेदवार कमलापती चाैधरी लगायतका वक्ताहरूले स्थानीय तहको निर्वाचनमा एमाले पार्टीका उम्मेदवारहरूलाई विजय गराए मात्र विकास र सुशासन कायम हुने बताएका थिए ।

वडा अध्यक्ष पदका उम्मेदवार सिताराम चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन  पार्टीका गाउँपालिका सचिवालय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक यमबहादुर चाैधरीले गरेका थिए ।

यसै बीच २०७९ साल वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचनमा राप्ती गाउँपालिकाका उम्मेदवारहरूलाई विजय गराउन चुनावी घरदैलो कार्यक्रम समेत सुरू गरिएको छ ।

बिहीबार राप्ती गाउँपालिका वडा नम्बर ५ को भुल्के, वडा नम्बर ६ को पत्थरगढवा, बगरापुर, मझेरिया लगायतका गाउँ तथा वडामा घरदैलो कार्यक्रम गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे