दाङका २३ वडा अध्यक्षमा दलितको उमेदवारी, चार पालिकाको उपप्रमुखमा महिला मात्रै उम्मेदवार



दाङका २३ वडा अध्यक्षमा दलितको उमेदवारी, चार पालिकाको उपप्रमुखमा महिला मात्रै उम्मेदवार

तुलसीपुर, १५ बैशाख । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागी दाङका २३ वडामा दलित समुदायका व्यक्तिले मनोनयन दर्ता गराएका छन् । जिल्लाका विभिन्न पालिकामा राजनितिक दल र स्वतन्त्रबाट उनीहरुले वडा अध्यक्ष पदमा उमेदवारी दिएका छन् ।प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले दिएको जानकारी अनुसार दुई÷चार जना ठुला राजनितिक दलका भए पनि अधिकांस साना दल तथा स्वतन्त्रबाट उनीहरुले उमेदवारी दिएका छन् ।

जिल्लाका दश पालिकाका एक सय वडा मध्ये २३ वडामा २९ जनाले वडा अध्यक्ष पदका लागी उमेदवारी दिएका छन् । स्वतन्त्रबाट पाँच जनाले वडा अध्यक्ष पदमा उमेदवारी दिएका छन् । यस्तैगरी दलित समुदायबाट पालिका अध्यक्ष तथा उपप्रमुख र उपाध्यक्ष पदमा पाँच जनाले उमेदवारी दिएका छन् । ती पनि साना राजनिकि दल तथा स्वतन्त्र उमेदवारका रहेका छन् ।

१.राप्ती गाउँपालिका
पालिका अध्यक्ष पदमा जम्मा उमेदवार संख्या : ८
उपाध्यक्ष पदका उमेदवार संख्या : ६जना(३ पुरुष,३ महिला)
दलित उमेदवार : वडा नम्वर ४को अध्यक्ष पदमा जनता समाजवादी पाटीबाट चेत बहादुर नेपाली
जम्मा वडा संख्या ९

२. गढवामा
अध्यक्षमा ९ जना (सवै पुरुष)
उपाध्यक्षमा ८ जना(सात जना महिला)
जम्मा वडा संख्या ८

३.लमही नगरपालिका
प्रमुखमा जम्मा उमेदवारी संख्या ८ जना( ती मध्ये एक महिला)
उपप्रमुखमा ८ जना (छ जना महिला )
दलित उमेदवार : वडा नम्वर ४ को अध्यक्षमा रमेश सुनार माओवादी केन्द्र र बम बहादुर विक स्वतन्त्र
वडा नम्वर ५ मा शसिराम नेपाली नेकपा एकीकृत समाजवादी पाटी
जम्मा ९ वडा

४.शान्तिनगरमा
अध्यक्षमा जम्मा उमेदवारी संख्या :७ जना (सवै पुरुष)
उपाध्यक्षमा : ४ जना(सबै महिला) ती मध्ये एक जना दलित महिला
वडा नम्वर ३ मा मनोज कुमार परियार स्वतन्त्र
वडा नम्वर ५ मा मित्रलाल परियार एकीकृत समाजवादी
जम्मा : वडा संख्या ७

५.बंगलाचुलीमा
अध्यक्षमा ४ जना (एक जना महिला)
उपाध्यक्षमा ४ जना (एक जना दलित शालिकराम सार्कि)
दलित उमेदवार :वडा नम्वर ३ मा शोभाराम विश्वकर्मा माओवादी केन्द्र , केदार परियार जनमोर्चा
जम्मा वडा संख्या ८

६.बबई गाउँपालिका
अध्यक्षमा ७ जना (सवै पुरुष)एक जना दलित कासिराम कामी लोसपा
उपाध्यक्षमा ६ जना, (सवै महिला) एक जना दलित महिला
वडा नम्वर ३ मा पुर्ण बहादुर सुनार लोसपा
वडा नम्वर ४ मा सर्वजित विक माओवादी केन्द्र , तिलकराम सुनार राप्रपा
जम्मा वडा संख्या ७

७ . राजपुर
अध्यक्षमा ७ जना (सवै पुरुष)
उपाध्यक्षमा ६ जना (सवै महिला)
वडा नम्वर ४ मा राजकुमार विश्वकर्मा जनमोर्चा ,
रामप्रसाद चमार स्वतन्त्र
जम्मा वडा संख्या ७

८. तुलसीपुर
प्रमुखमा जम्मा १२ जना (तिन महिला)एक जना दलित रविन्द्र उच्च नेपाली राष्टिय जनमुक्ति
उपप्रमुखमा ९ जना (दुई जना दलित) जसपाबाट धनसरा विक र स्वतन्त्रबाट सुसील गन्धर्व
वडा नम्वर ३ मा विर बहादुर विक एमाले , मंगल नेपाली नेकपा एकीकृत समाजवादी
वडा नम्वर ७ मा सुकराम विक जसपा
वडा नम्वर ९ मा चुर्ण बहादुर सुनार जसपा
वडा नम्वर १३ मा देव बहादुर विक माओवादी केन्द्र
वडा नम्वर १५ मा सुन्दर विक स्वतन्त्र
१९ मा दुर्गा बहादुर विक स्वतन्त्र
जम्मा वडा संख्या १९

९. दंगीशरण
अध्यक्ष १० जना (एक जना महिला स्वतन्त्र)
उपाध्यक्ष : ६ जना (सवै महिला)
वडा नम्वर १ मा हरि प्रसाद कामी माओवादी केन्द्र
वडा नम्वर २ मा दिल बहादुर दमाई माओवादी केन्द्र
जम्मा वडा संख्या ७

१० .घोराहीमा
प्रमुखमा १५ जना ( ३ जना महिला र १२ जना पुरुष
उपप्रमुखमा ८ जना (५ महिला, ३ पुरुष)
वडा नम्वर ४ मा भिम बहादुर सार्की नेकपा एकीकृत समाजवादी
वडा नम्वर ९ मा शरद विक कांग्रेस, सन्तोष विक विवेकशिल साझा पाटी
वडा नम्वर १० मा झग बहादुर सुनार एकीकृत समाजवादीबाट
वडा नम्वर १२ मा पुस्पा विक एकीकृत समाजवादी
वडा नम्वर १३ मा आईते विक स्वतन्त्र
जम्मा वडा संख्या १९

चार पालिकाको उपप्रमुखमा महिला मात्रै उमेदवार
जिल्लाका दुई उपमहानगरपालिका, एउटा नगरपालिका र सात वटा गाउँपालिका गरी दश पालिका मध्ये चार पालिकाको उपप्रमुखमा महिला मात्रै उमेदवार रहेका छन् । अन्य पालिकामा भने महिला र पुरुष दुवै उमेदवार रहेका छन् । २०७४ सालको स्थानिय तहको निर्वाचनमा पालिकाको प्रमुख वा उपप्रमुख मध्ये एउटा पदमा महिला उमेदवार अनिवार्य हुनुपर्ने बाध्यकारी कानुनी व्यवस्था भएकोमा अहिले उक्त व्यवस्था लागु गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे