होटल पौवा भालुवाङद्धारा चैत ३० गते हुने बृहत सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा



होटल पौवा भालुवाङद्धारा चैत ३० गते हुने बृहत सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा

भालुवाङ २८ चैत । नेपाली नयाँ वर्ष २०७९ को स्वागत तथा २०७८ को बधाई स्वरुप होटेल पौवा भालुवाङले चैत ३० गते आयोजना गरेको बृहत सांस्कृतिक कार्यक्रम भव्य रुपमा सफल बनाउन स्थानीय पत्रकारहरु संग अन्तरक्रियात्मक छलफल सहितको पत्रकार सम्मेलन गरेको छ ।

नेपाली हस्पिटालिटीको मोडेल दाबी गर्दै आएको होटल पौवाले यही चैत्र ३० गते भालुवाङ सहित तीन वटा शाखामा एक साथ सांस्कृतिक कार्यक्रम गरेर नेपाली ‘न्यू ईयर ईभ’ कार्यक्रमको अन्तिम तयारीमा पुगेको जनाएको छ । यसैबीच होटेल पौवा भालुवाङले सोमबार आफ्नै होटेल भालुवाङमा स्थानीय पत्रकारहरु संग सांस्कृतिक कार्यक्रमलाई व्यवस्थीत तथा प्रभावकारी ढंगले शानदार रुपमा सम्पन्न गर्न अन्तरक्रियात्मक छलफल सहितको पत्रकार सम्मेलन गरेको हो ।

पत्रकार सम्मेलन मार्फत होटेल पौवाले भालुवाङमा हुने बृहत्त सांस्कृतिक कार्यक्रमको सम्पूणर् तयारी पुरा भएको जनाएको छ । उक्त कार्यक्रममा व्यापक अतिथी र दर्शकको सहभागिताका लागि करिब पाँच हजार बढी निमन्त्रणा कार्ड बितरण गरिएको होटेल पौवा भालुवाङका महाप्रबन्धक श्याम न्यापानेले जानकारी दिए । साथै हजारौँ दर्शकलाई कार्यक्रमको अवलोकन गराउन रेडियो, टेलिभिजन, अनलाइन र माईकिङ्ग गरेर समेत प्रचार—प्रसारको कामलाई तीब्र बनाइएको महाप्रबन्धक न्यापानेले बताए ।

पौवाका प्रमुख परिचालन अधिकारी (सिओओ) कृष्ण गौतमको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश परिषद् सदस्य महेशचन्द्र रिजालको प्रमुख आतिथ्यता तथा राप्ती प्रेस मञ्चका अध्यक्ष अजुर्न अधिकारीको बिशिष्ट आतिथ्यमा अन्तरक्रियात्मक छलफल सहितको पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

पौवा प्रा.लि.द्धारा संञ्चालनमा रहेका १२ वटा शाखा मध्ये ३ वटा शाखामा नयाँ बर्ष बिशेष बृहत सांस्कृतिक कार्यक्रम संचालन हुने बताइएको छ । लुम्बिनी प्रदेशको राजधानी भालुवाङ तथा रुपन्देहीको बुटवल र भैरहवामा विशेष कार्यक्रम गरी नयाँ वर्ष २०७९ लाई स्वागत गरिने होटेल पौवा प्रालिले जनाएको छ ।

भालुवाङमा चैत्र ३० गते साँझ ५ बजेदेखि राती १२ बजे सम्म आयोजना गरिएको कार्यक्रममा थारु संस्कृतिमा आधारित सांगीतिक कार्यक्रमबाट कार्यक्रमको थालनी गर्ने तथा बुटवल र भैरहवामा नौमती बाजा र भोजपुरी संगीतबाट कार्यक्रमको आरम्भ गरिने होटेल पौवाले जनाएको छ ।

जस अनुसार भालुवाङमा हुने सांस्कृतिक कार्यक्रममा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, चर्चित लोक दोहोरी गायिका अस्मिता डल्लाकोटी र गायक सुमन परियार लगायतका स्थानीय तथा राष्ट्रिय कलाकारहरुले मनोरञ्जन प्रदान गर्ने होटेलका प्रमुख परिचालन अधिकारी (सिओओ) कृष्ण गौतमले जानकारी दिए ।

कोरोना भाइरसका कारण थलिएको पर्यटन तथा होटल व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम आयोजना गर्न थालिएको छ । स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले थारु समुदायको विशेष प्रस्तुति राखिने होटल पौवाका प्रमुख परिचालन अधिकारी गौतमले जानकारी दिए । यदि कुनै कारणबस निमन्त्रण कार्ड नपुगे भएको सुचनाका आधारमा भएपनि कार्यक्रममा सहभागिता जनाईदिन सिओओ गौतमले सबैमा आग्रह गरेका छन् ।

‘नेपाली स्वाद, नेपालीपनको मनैदेखि सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्नको लागि कार्यक्रम गर्दै आएका छौं’, प्रमुख परिचालन अधिकृत गौतमले भने, ‘नेपाली चार्डपर्वलाइ विशेष महत्व दिएर नेपाली नयाँ वर्षको स्वागतलाई विशेष बनाउन थालेका छौँ उनले भने ।’
कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको होटेल पौवाले जनाएको छ । सोही दिन कार्यक्रम हेर्न आउने दर्शकहरुका लागि ‘५० रुपैयाँ देखि २५० सम्म विविध प्रकारका खाजा र खानाको व्यवस्था गरिएको (सिओओ) गौतमले जानकारी दिए । उनले ‘कार्यक्रम हेर्न आउने आमन्त्रितहरुलाई सके सम्म निमन्त्रणा कार्ड साथमा लिएर आउन आग्रह गरेका छन् ।

‘पछिल्लो समय अङ्ग्रेजी नयाँ वर्षलाई नेपालमा महत्व दिन थालिएपनि पौवाले नेपालीहरुले वर्षौंदेखि मनाउँदै आएको चैत्र मसान्तमा पुरानो साललाई विदाई र नयाँ सालको स्वागत गर्ने गरि कार्यक्रम तय गरिएको छ,’ पौवाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्थापनकालदेखि नै नेपाली हस्पिटालिटी दिने उद्घोष गर्दै पौवाका हरेक शाखाहरुमा नेपाली स्वाद, नेपालीपनको मनैदेखिको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रमहरु हुँदै आएका छन् ।

होटेल पौवा भालुवाङका महाप्रबन्धक श्याम न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा राप्ती प्रेस मञ्चका प्रथम उपाध्यक्ष बासुदेव न्यौपाने, द्धितीय उपाध्यक्ष जमिर शाह, मञ्चकै सचिव तथा राप्ती अनलाइनका सञ्चालक भिसुन शाही, मञ्चकी कोषाध्यक्ष तथा रेडियो राप्ती तथा राप्ती टेलिभिजनकी प्रमुख समाचार बाचिका अंशु बोहरा, सोही मिडियाकै लेखा तथा प्रावधिक प्रमुख अरुण पौडेल, कार्यक्रम तथा विज्ञापन उत्पादन प्रमुख बिरेन्द्र गिरी, पत्रकारहरु लोकु भुसाल, पशुपति जिसी, भुवन पौडेल र रिता गाहा सहित एक दर्जन बढी पत्रकारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सञ्चालन रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेसन म्यानेजर सन्तोषकुमार गुप्ताले गरेका थिए । यसैबीच पत्रकार सम्मेलनपछि उपस्थित पत्रकारहरुलाई होटेल पौवाबाट दिइने सेवासुविधाका बिषयमा स्थलगत निरिक्षण गराउनुका साथै जानकारी समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे