राप्तीमा एमालेका ४ वडामा सर्वसम्मत उम्मेदवार सिफारिस, बाँकीमा आज उम्मेदवार सिफारिस गरिदै



राप्तीमा एमालेका ४ वडामा सर्वसम्मत उम्मेदवार सिफारिस, बाँकीमा आज उम्मेदवार सिफारिस गरिदै

भालुवाङ २७ चैत । देउखुरीकाे राप्ती गाउँपालिकामा नेकपा एमालेले चार वटा वडामा सर्वसम्मत वडाका उम्मेदवारहरू सिफारिस गरेकाे छ । आइतबार राप्तीकाे ५ वटा वडामा गरेकाे वडा भेला मध्ये चार वटा वडामा सर्वसम्मत उम्मेदवार सिफारिस गरेकाे छ भने एउटा वडामा सहमति हुन नसकेपछि तीन जना सम्मकाे उम्मेदवार सिफारिस गरेकाे छ ।

आसन्न बैशाख ३० गते हुन गईरहेकाे स्थानीयतह निर्वाचनका लागि पार्टीकाे जिल्ला कमिटीकाे निर्देशन बमाेजिम आईतबार जिल्लाभर उम्मेदवार छनाेट अन्तर्गत राप्तीमा आज पहिलाे चरणमा ५ वटा वडामा गरिएकाे वडा भेला मध्ये चार वटा वडामा सर्वसम्मत र एउटा वडामा अध्यक्ष पदका लागि तीन जनाकाे सम्मकाे उम्मेदवारकाे नाम सिफारिस गरिएकाे छ ।

पार्टीका गाउँ कमिटी सचिव भरतमणि न्याैपानेका अनुसार राप्तीकाे वडा नम्बर १,६, ७ र ८ मा सर्वसम्मत वडाकाे उम्मेदवार सिफारिस गरिएकाे छ । जस अनुसार वडा नम्बर १ काे वडाध्यक्षमा गेमबहादुर खड्का, ६ नम्बरकाे वडाध्यक्षमा हरिचन्द्र चाैधरी, ७ नम्बर वडाध्यक्षमा सिताराम चाैधरी र ८ नम्बर वडाध्यक्षमा चन्द्रबहादुर गुरूङ्ग सर्वसम्मत सिफारिस भएकाे पार्टीका गाउँ कमिटी सचिव न्याैपानेले जानकारी दिए ।

त्यस्तै ४ नम्बर वडाध्यक्षमा भने तीन जनाकाे दाबी परेपछि तीनै जनाकाे नाम सिफारिस गरिएकाे छ । यसरी वडाध्यक्षमा दाबी गर्नेहरूमा प्रेमबहादुर केसी, भेषराज खनाल र नन्दराज चाैधरी रहनु भएकाे पार्टी सचिव न्याैपानेले जानकारी दिए । त्यस्तै वडा नम्बर २, ३, ५ र ९ मा आज भने चैत २८ गते साेमबार वडा भेला गरी उम्मेदवार छनाेट गरिने नेकपा एमाले राप्ती गाउँपालिका कमिटीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे