दाङको बबई गाउँपालिका अध्यक्ष र उपाध्यक्षद्वारा प्रयोग गरिरहेको गाडी फिर्ता



दाङको बबई गाउँपालिका अध्यक्ष र उपाध्यक्षद्वारा प्रयोग गरिरहेको गाडी फिर्ता

दाङ २८ चैत । दाङको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल र उपाध्यक्ष सावित्रा विश्वकर्माले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन् । अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएपछी आफुहरुले प्रयोग गर्दै आएको सरकारी गाडीको साचो सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्ललाई हस्तान्तरण गरेका हुन् ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचन आचारसंहिता समेत लागू भएपछी आफुहरुले सरकारी गाडि फिर्ता गरेको उनीहरुको भनाई रहेको छ। पछिल्लो समय बिभिन्न स्थानिय तहका जनप्रतिनिधिहरुले आफुहरुले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्ने क्रम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे