जिल्ला अदालत पूर्वी नवलपरासीले पनि पल शाहलाई थुनामै राख्ने आदेश
काठमाडौं २३ चैत । अभिनेता पल शाहलाई जिल्ला अदालत, पूर्वी नवलपरासीले पनि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । यसअघि जिल्ला अदालत, तनहुँको आदेशबाट शाह कारागार चलान भइसकेका थिए । अर्को मुद्दामा पनि उनलाई थुनामा राख्ने आदेश भएको हो ।
पीडित किशोरीलाई विवाह गर्ने प्रलोभन देखाएर उनले पटकपटक जबरजस्ती करणी गरेको अभियोग छ । पीडितका बुबाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँ र पूर्व नवलपरासीमा किटानी जाहेरी दिएका थिए ।शाह विरुद्ध १२ देखि १४ वर्षसम्म जेल सजाय हुनुपर्ने माग दाबी सरकारी वकिलले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्