भालुवाङ सशस्त्र प्रहरी क्याम्प बाहिर सकेट बम फेला : नेपाली सेनाद्वारा डिस्पोज



भालुवाङ सशस्त्र प्रहरी क्याम्प बाहिर सकेट बम फेला : नेपाली सेनाद्वारा डिस्पोज

भालुवाङ १२ जेठ । दाङको देउखुरीमा सकेट बम फेला परेको छ ।

राप्ती गाउँपालिका-१ भालुवाङ स्थित सशस्त्र प्रहरी क्याम्पको उत्तर पुर्व काँडे तारमा उक्त बम फेला परेको सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर हेडक्वाटर ज्वालामाईगणका एसपी यदुकुमार कार्कीले जानकारी दिएका छन् । मंगलबार बिहान करिव ९ बजेको समयमा बम फेला परेको हो । उक्त बम खिया लागेको अवस्थामा भेटिएको हो ।

सो बम द्वन्द कालमा फालिएको हुन सक्ने एसपी कार्कीले बताए । फेला परेको बमलाई ज्वालादल गण घोराहीबाट आएको नेपाली सेनाले डिस्पोज गरेको एसपी कार्कीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे