लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत
भालुवाङ ११ जेठ । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३\०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भइरहेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले प्रदेश सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।
प्रदेश प्रमुख घर्तीमगरलाई प्रदेश सभा भवनमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर सहित मन्त्री तथा प्रदेश सभा सदस्यहरुले स्वागत गरेका थिए । प्रदेश प्रमुख घर्तीमगरलाई नेपाल प्रहरीको एक टुकुडीले सम्मान सलामी समेत दिएको थियो । प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगार, शिक्षा, स्वास्थ्य तथा सुशासनलाई प्राथमिकतामा राखिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्
