नवनियुक्त मन्त्री शर्माद्वारा शपथ ग्रहण



नवनियुक्त मन्त्री शर्माद्वारा शपथ ग्रहण

काठमाण्डाै २४ चैत । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गाेविन्दप्रसाद शर्मा (काेइराला) ले शपथ ग्रहण गरेका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराएका हुन्।

गैरसांसद शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहीवार बिहान कानुन मन्त्रीमा नियुक्त गर्न सिफारिस गरेका थिए । गैरसांसद व्यक्तिलाई बढीमा ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ ।

नेकपा एमाले विभाजनपछि अधिवक्ता समेत रहनुभएका शर्मा नेकपा (एकीकृत समाजवादी) पार्टी निकट हुनुहुन्छ । अमेरिकी सहायता परियोजना एमसीसीबारेको व्याख्यात्मक घोषणा तयार गर्न उनकाे भूमिका रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे