लालमटिया महाेत्सवमै एकाएक रूवाबासी चलेपछि…



लालमटिया महाेत्सवमै एकाएक रूवाबासी चलेपछि…

भालुवाङ २० फागुन । देउखुरीको राप्ती गाउँपालिका-२, लालमटियामा जारी राप्ती चौथो व्यापारिक, पर्यटन तथा कृषि महोत्सवमा आइतबार एकाएक रूवाबासी नै चलेपछि महाेत्सव स्थल नै स्तब्ध बन्न पुग्याे ।

महाेत्सवमा बहुचर्चित लोकदोहोरी तथा जनगायक बद्री पंगेनीले गीत गाउँदै गर्दा महाेत्सवस्थल पुरै स्तब्ध मात्र बनेन पुरै रूवाबासी नै चल्याे । वृद्धा आमा र युवा युवतीहरु डाँकाे नै छाेडेर राेए । महोत्सवको दशौैँ दिन आईतबारमा गायक पंगेनी मञ्चमा प्रवेश गरे संगै “बाध्य भइयो परदेशमा छिर्न, मैले पढ्दा लाएको ऋण तिर्न, आमा बिदा पाउँदिन अहिलेको सालमा पनि घरमा आउँदिन” भन्ने बोलको गीत गाउन शुरू गरे लगत्तै पुरै महाेत्सव स्थलमा नै रूवाबासी मात्रै चलेन एक जना युवती त झन डाँकाे नै छाेडेर राेइन् ।

गायक पङ्गेनीकाे गीतमा मेला हेर्न आएका अधिकांश वृद्धा आमाहरु र युवा युवतीहरु भावुक बने । पाको उमेरका दर्शक विशेष गरी महिला दर्शक भावुक भए पनि युवा पुस्ता भने उनको फोटो खिच्न र भिडियो कैद गर्न व्यस्त भए । दर्शकहरु भावुक भएको देखेर पंगेनी मञ्चबाट दर्शकदीर्घामा पुगे र आमाहरुको माझमा गएर गीत गाउन थाले ।

मेलामा मनोरञ्जनका लागि आएका दर्शकहरुलाई पंगेनीको गीतले केहीबेर भावुक बनायो । गायक पङ्गेनीले गीत गाउँदै आमाहरूकाे आर्शिवाद लिएर विदेशीएका छोराहरुको कथाव्यथालाई गीतमा प्रस्तुत गरिरहँदा आमाहरुले त आँशु बरबरी झारिरहेका थिए । शुरूवाती मै गायक पङ्गेनीले नेपाली युवाले विदेशीभूमिमा भाेगेकाे पिडादायिक गीत गाउँदा सिङ्गाे महाेत्सव नै स्तब्ध बन्न पुग्याे ।

बृद्धाबृद्ध देखि युवायुवतीहरूकाे पनि आँखा रसाए । त्यसपछि भने गायक पङ्गेनीले महाेत्सवलाई राेदनबाट रमाईलाे तर्फ बद्ले अनि उनले दर्शक माझमै गएर पानी सलल, पानी चलेन, कान्छी ओइ कान्छी, रातो पछयौरी, ससुरालीमा लगायतका मनोरञ्जनात्मक गीत समेत प्रस्तुत गरेका थिए । ती गीतमा भने युवायुवतीहरूले महाेत्सवस्थल नै धुलाम्मे हुने गरी हुटिङ्ग गर्दै छमछमी नाचे ।

त्यसैगरी महोत्सवमा चर्चित मोडेल तथा डान्सर अञ्जली अधिकारी, गायिकाहरू अनु राना मगर, विष्णु सेर्पाइली, गायक गोविन्द पौडेल, गायक तथा उद्घोषक विजय पुन सँगै न्यु डान्स त्रियशन र वेष्ट डान्स त्रु का कलाकार र स्थानीय कलाकारहरूले पनि भरपुर्ण मनोरञ्जन प्रदान गरेको महोत्सव व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् ।

यसैबीच महोत्सवको सोमवार एघारौ दिन चर्चित लोकदोहोरी गायक प्रकाश सपुत, गायिका अनु रानामगर, गायक तथा उद्घोषक विजय पुन, मेरी बाँस्सैका हास्य कलाकारहरू दिवाकर भण्डारी (सापटी काका), लेखान्त भुसाल (घिरौले), हास्य कलाकार भुलन गुप्ता र डान्सर सगुन थापा सँगै न्यु डान्स त्रियशन र वेष्ट डान्स त्रु का कलाकार र स्थानीय कलाकारहरूले पनि भरपुर्ण मनोरञ्जन दिने महोत्सव व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे