राप्तीमा कांग्रेसको उम्मेदवारी घोषणा, अध्यक्ष पदका लागि सुवेदी सहित ८ आकांक्षी



राप्तीमा कांग्रेसको उम्मेदवारी घोषणा, अध्यक्ष पदका लागि सुवेदी सहित ८ आकांक्षी

भालुवाङ २० चैत । नेपाली कांग्रेस राप्ती गाउँपालिकाको आयोजनामा आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरेर अन्तरक्रिया तथा अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिएको छ ।

कार्यक्रमा नेपाली कांग्रेसको तर्फवाट राप्ती गाउँपालिकाको अध्यक्ष पदमा वर्तमान अध्यक्ष नुमानन्द सुवेदी, पार्टी सभापति विद्याशरण चौधरी, महाधिबेशन प्रतिनिधि चन्द्रबहादुर जिसी, महाधिबेशन प्रतिनिधि हरि भुसाल, निवर्तमान प्रदेश सभा १ सभापति ताराबहादुर डिसी, जिल्ला सदस्य लाल महोम्मद मिया, पुर्व महाधिबेशन प्रतिनिधि दोर्ण भुसाल, युवा तथा शहिद पुत्र बुद्धि प्रकाश चौधरीले उम्मेदवारी घोषणा गरेका छन् ।

त्यसै गरि उपाध्यक्षमा वर्तमान उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, जिल्ला सदस्य शोनु भण्डारी, पालिका उपसभापति श्यामा रावत डाँगी, प्रदेश महाधिबेशन प्रतिनिधि मेनुका गिरीले उम्मेदवारी घोषणा गरेका छन् ।लुम्बिनी प्रदेश सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यता, तथा संविधान सभा सदस्य सुशिला चौधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा गठबन्धनका विषयमा अन्तरक्रिया गरिएको थियो ।
विचार ब्यक्त गर्ने क्रममा महाधिबेशन प्रतिनिधि विलोचन चौधरी, यसोदा चौधरी लगायतले गठवन्धनका विषय सवल र दुर्वल पक्षको समिक्षा गरेका थिए । कार्यक्रममा पालिका सचिव तिर्थराज ज्ञवालीले कार्यक्रमको सहजीकरण र संगठन विभाग प्रमुख सुरेन्द्र भुसालले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे