सहकारी दिवसमा सर्वहित सहकारीद्धारा सरसफाई



सहकारी दिवसमा सर्वहित सहकारीद्धारा सरसफाई

भालुवाङ २१ चैत । सर्वहित बचत तथा ऋण सहकारी संस्था राप्ती गाउँपालिका ४ मौरीघाटले ६५ औं सहकारी दिवसको अवसरमा सरसफाई कार्यक्रम गरेको छ ।

मर्यादित व्यवसायी र प्रविधिमा सहकारी भन्ने मुल नाराका साथ आइतवार सहकारी संस्थाको मुख्य कार्यालय राप्ती गाउँपालिका ४ मौरीघाट श्रीनारायण चोक, वडा नम्बर ६ को पत्थरगढवा चौबाटो बजार र वडा नम्बर १ को शान्तिपुर चैते क्षेत्रमा सरसफाई गरेको हो ।

बढ्दो फोहरलाई व्यवस्थापन गर्ने गरी सरसफाई गरिएको छ । संस्थाका अध्यक्ष राजेन्द्र चौधरीको नेतृत्वमा मुख्य कार्यालय मौरीघाट क्षेत्र, पत्थरगढवा सेवा केन्द्रकी उपसमिति संयोजक अनिता गौतम र शान्तिपुर चैते सेवा केन्द्रकी उपसमिति संयोजक मञ्जु पाण्डेको नेतृत्वमा सरसफाई गरिएको संस्थाका व्यवस्थापक शिशिर चौधरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे