डेढ करोड बढी ठगी आरोपमा पक्राउ परेका पाण्डे हिरासत मुक्त



डेढ करोड बढी ठगी आरोपमा पक्राउ परेका पाण्डे हिरासत मुक्त

दाङ १२ चैत । डेढ करोड बढी ठगीको आरोपमा पक्राउ परेका दाङका ठेकेदार अनुप पाण्डेलाई प्रहरीले शुक्रबार बेलुका छोडेको छ ।

बैंक कसुरमा जाहेरी दिने घोराहीका एमाले नेता गेहेन्द्र बस्नेत, उपेन्द्र उप्रेती, बिरबल खड्का र मजदुरले पैसा पाएको भन्दै आबश्यक कागजातसहित प्रहरीमा निबेदन दिएपछि जिल्ला प्रहरी कार्यालय दाङले हिरासतमा रहेका अनुपलाई हाजिरी जमानतमा छाडेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जिल्ला सरकारी वकिल कार्यालयको कानुनी परामर्शमा उनलाई छाडिएको र प्रहरीले अनुपलाई थुनामुक्त गरेर मुद्धाको अनुसन्धान गर्ने बताए । एसपी काफ्लेले मुद्धा फिर्ता नहुने दाबी समेत गरेका छन् ।

पाण्डेलाई १४ दिन हिरासतपछि शुक्रबार बेलुकी प्रहरीले छाडेको हो । पिडित पक्षले पैसा पाएको निबेदन दिएको खण्डमा सरकारी वकिल कार्यालयले गैर न्यायिक तरिकाले प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न नहुने कानुनि परामर्श दिएपछि अनुपलाई हिरासत बाहिर राखी मुद्धाको थप अनुसन्धान प्रकृया अघि बढ्ने उनले बताए ।

पाण्डेलाई उनका हजुरबुवा टोपेन्द्र केसीको हाजिरी जमानतमा प्रहरीले छाडेको हो । ब्यबसायी बस्नेतले १ करोड ४४ लाख, उप्रेतिले ३० लाख, सोनापुर सिमेन्टको २ करोड ५१ लाख, बिरबलले ११ लाख र मजदुरले ९५ लाख रुपैया प्राप्त गरेको आबश्यक कागजातसहित प्रहरी कार्यालयमा निबेदन दिएपछि प्रहरी कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयसंगको कानुनी परामर्शमा अनुपलाई थुनामुक्त गरेर मुद्धाको अनुसन्धान प्रकृया अघि बढाउन निर्देशन पाएपछि उनलाई जिम्मा जमानीमा छाडिएको हो ।

ठगी र बैंक कसुर मुद्धा फरक हुने र पाण्डेको सन्दर्भमा पिडितले पैसा पाएपछि बैंक कसुरमा छोडिएको एसपी काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे