लालमटिया महोत्सवमा गायक पुस्कल शर्माले भावुक बनाएका दर्शकलाई नचाए 



लालमटिया महोत्सवमा गायक पुस्कल शर्माले भावुक बनाएका दर्शकलाई नचाए 
भालुवाङ १२ चैत । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियाको टुडिखेलमा सञ्चालित राप्ती चाैथो व्यापारीक, पर्यटन तथा कृषि महोत्सवको दोस्रो दिन शनिबार चर्चित गायक पुस्कल शर्मा र  गायिका राशी रिजालले मञ्च तताए छन् ।
गायक शर्माले सुरूमा दर्शकहरूलाई मार्मिक गित सुनाएर भावुक बनाएका थिए उनको भावुक गितमा दर्शकहरूको आँखा रसाएका थिए ।
आँखामा आँसु भरेका दर्शकहरूलाई उत्ति खेरै रोमान्टिक गित गाएर गायक शर्माले नचाएका थिए । गायक शर्माको पहिलो गितमा भावुक बनेका दर्शकहरू रोमान्टिक गित गाउँदा भने  हुटिङ गर्दै नाचेर साथ दिएका थिए ।
दर्शकको बीचमा पुगेका गायक शर्मालाई गित गाएर पनि दर्शकले साथ दिएका थिए । गायक शर्माले मुटु जलाई जलाई, माया आउछौ आउदैनौ, बाधम्ला डोरीले, झुक्यायो मलाई झुम्के बुलाकी, सालै जो लगायत आधा दर्जन गित गाएर दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएका थिए ।
त्यसै गरि गायिका राशी रिजालले पनि दर्शकहरूलाई आधा दर्जन बढी गित गाएर भरपुर्ण मनोरञ्जन दिएकी थिइन । उनले नाैमती बजाउँदै, परानी, स्याङ्जा नवलपुर, नाैजाले मायाले, लेख्यो भाग्य लगायतका गितहरू गाएर मनोरञ्जन दिएकी थिइन् ।  कार्यक्रमकी उद्घोषिका समेत रहेकी रिजालको गितमा पनि दर्शकहरूले हुटिङ गर्दै नाच्दै साथ दिएका थिए ।
कृषि पर्यटन तथा कला संस्कृतिको पहिचान, राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ को शान भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङमा शुक्रबार देखि सुरू भएको महोत्सवमा मोडेल तथा डान्सर नारायणी खत्री, न्यु डान्स त्रियशन र वेष्ट डान्स त्रु का कलाकार सँगै स्थानीय कलाकारहरूले पनि भरपुर्ण मनोरञ्जन दिएका छन् ।
शनिबार दोस्रो दिन करिव ५ हजार दर्शकले अवलोकन गरेको महोत्सवमा करिव २ लाख ७५ हजार बराबरको कारोबार भएको महोत्सवका आर्थिक संयोजक श्रीधर खत्रीले जानकारी दिएका छन् ।
यसै बीच महोत्सवको तेस्रो दिन आइतबार चर्चित लोक आधुनिक गायक अर्जुन काैशल, गायिका संगिता चिटाैरी, गायिका तथा उद्घोषक राशी रिजाल, १ सय बढी चराचुरुङ्गीको आवाज निकाल्न सक्ने हास्य कलाकार दिपेन्द्र वली, मोडेल तथा डान्सरहरू डिप्रभा बोगटी, एलिसा बरालका साथै न्यु डान्स त्रियशन र वेष्ट डान्स त्रु का कलाकार र स्थानीय कलाकारहरूले पनि भरपुर्ण मनोरञ्जन दिने महोत्सव व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे