लालमटिया महोत्सवमा आज चर्चित गायक पुस्कल शर्मा आउँदै



लालमटिया महोत्सवमा आज चर्चित गायक पुस्कल शर्मा आउँदै

भालुवाङ १२ चैत  । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाको टुडीखेल मैदानमा सञ्चालित राप्ती  चौथो व्यापारीक, पर्यटन तथा कृषि महोत्सवमा आज शनिवार चर्चित गायक पुस्कल शर्मा आउन लागेका छन् ।

कृषि पर्यटन तथा कला संस्कृतिको पहिचान, राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ को शान भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङमा हिजो बाट सुरू भएको महोत्सवमा गायक शर्मा सँगै गायिका तथा उद्घोषक राशी रिजाल, मोडेल तथा डान्सर नारायणी खत्री पनि आउन लागेको  संघका अध्यक्ष सुरज खड्काले जानकारी दिएका छन् ।

महोत्सव अवधीभर न्यु डान्स त्रियशन र वेष्ट डान्स त्रु र स्थानीय कलाकारहरूको बेजोड साँस्कृतिक प्रस्तुती रहने आयोजकले बताएको छ । भने प्रत्येक दिन नृत्य प्रतियोगिता  समेत आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे