यस बर्षकाे दशैंमा दाङका कैदीबन्दीहरू आफन्तबाट टिका लगाउन वञ्चित



यस बर्षकाे दशैंमा दाङका कैदीबन्दीहरू आफन्तबाट  टिका लगाउन वञ्चित

देउखुरी टुडेकर्मी, दाङ ८ कार्तिक ।

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला कारागार दाङले कैदीबन्दीलाई आफन्तबाट दशैंको टीका लगाउन रोक लगाएको छ । कोरोनाको जोखिम बढेकाले यस वर्षको दशैंमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन वञ्चित गरिएको हो ।

बाहिरबाट अन्य मानिस जाँदा जोखिम हुने भएकाले यस वर्षको दसैंमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक लगाइएको घोराही कारागार प्रमुख विष्णु प्रसाद पाण्डेले जानकारी दिए । कारागारका कैदीबन्दीले आ आफैं टीका लगाएर दसैं मनाउने तयारी गरेका छन ।

कैदीबन्दीले दशैं मनाउनका लागि आवश्यक पर्ने खसीबोका खरिद गर्न भनेर कोष बनाएका छन । कोषमा सबै कैदीबन्दीले रकम जम्मा गरेका छन् । सोही कोषमा जम्मा गरिएको रकमले खसी, कुखुरालगायत खरिद गर्ने तयारी छ रहेको जनाइएको छ ।

केही कैदीबन्दीले दशैंको पूर्वसन्ध्यामा मुढा बिक्री भएको रकम परिवारलाई पठाएका छन । कोरोनाको जोखिम बढेदेखि नै कारागारमा उच्च सतर्कता अपनाइएको छ । गत चैतदेखि नै कैदीबन्दी भेटघाट पूर्ण रुपमा बन्द रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे