आज थप एकैदिन २२२५ जनामा कोरोना संक्रमण पुष्टि, १३ संक्रमितको मृत्यु



आज थप एकैदिन २२२५ जनामा कोरोना संक्रमण पुष्टि, १३ संक्रमितको मृत्यु

काठमाडाैं ८ कार्तिक । पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय २५ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।  शनिबार देशभरका प्रयोगशालामा १३ हजार ८ सय ४६ जनाको पीसीआर परीक्षण गरिएकोमा काठमाडौं उपत्यकामा १ हजार १ सय १० जनासहित २ हजार २ सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ५५ हजार २ सय ३३ पुगेको छ। जसमध्ये सक्रिय संक्रमितको संख्या भने ४६ हजार ५७ छ । कुल संक्रमितमध्ये हालसम्म एक लाख ८ हजार ३३४ जना संक्रमणमुक्त भइसकेका छन् भने ८ सय ४२ जनाको मृत्यु भएको छ। शनिबार २ हजार ८ सय ४६ जना संक्रमित निको भएका छन्। यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे