दाङमा आज थप ४७ जनामा कोरोना संक्रमण पुष्टि, याेसंगै जिल्लामा कुल संक्रमित संख्या १ हजार ८ सय ९१ पुग्यो



दाङमा आज थप ४७ जनामा कोरोना संक्रमण पुष्टि, याेसंगै जिल्लामा कुल संक्रमित संख्या १ हजार ८ सय ९१ पुग्यो

देउखुरी टुडेकर्मी, दाङ ८ कार्तिक ।

दाङमा आज थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा आज दाङका ४७ जनामा संक्रमण देखिएको हो ।

आज संक्रमण देखिनेहरुमा घोराही, तुलसीपुर, लमही, शान्तिनगर, राप्ति र बंग्लाचुली गाँउपालिकाका नागरिक रहेका छन् । आज संक्रमण देखिनेहरुमा ३६ जना पुरुष र ११ जना महिला रहेका छन् । आज दाङमा सबैभन्दा धेरै घोराहीका २१ जना रहेका छन् । जसमा १७ पुरुष र ४ महिला रहेका छन् ।

यस्तै तुलसीपुरमा १३ जना पुरुष र ४ जना महिला गरी १७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । यस्तै लमहीमा ३ पुरुष र २ महिला गरी ५ जनामा संक्रमण देखिएको छ । शान्तिनगरमा १ जना पुरुष र एक जना महिला गरी थप २ जनामा संक्रमण देखिएको छ । यस्तै यसअघि संक्रमण मुक्त घोषणा गरिएको बंग्लाचुली गाउपालिकाका एक जना पुरुषमा पनि संक्रमण देखिएको छ । यस बाहेक १५ जना उपचाररत संक्रमितको स्वाव परिक्षण गर्दा उनिहरुमा पुनः कोरोना संक्रमण पोजेटिभ नै देखिएको छ ।

दाङमा अहिले संक्रिय संक्रमितको संख्या ६ सय ५ जनामध्ये अधिकांश संक्रमित होम आईशोलेशनमा रहेका छन् । संक्रिय संक्रमित मध्ये लक्षणसहितका १७ जना संक्रमित कोरोना बिशेष अस्पताल बेलझुण्डीमा रहेको भने ३६ जना लमहीको आईशोलेशन बसेको र बाकी ५ सय ५३ जना होम आईशोलेशनमा बसेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

आज संक्रमण देखिएका ४७ जनासहित दाङमा संक्रमितको कुल संख्या १ हजार ८ सय ९१ पुगेको छ । अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या दाङमा १ हजार २ सय ७९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे