हाम्रो पहुँच सहकारी संस्थाको अध्यक्षमा मात्रै निर्वाचन हुने,अन्य सबै निर्विरोध निर्वाचित



हाम्रो पहुँच सहकारी संस्थाको अध्यक्षमा मात्रै निर्वाचन हुने,अन्य सबै निर्विरोध निर्वाचित

तुलसीपुर १३ फागुन । तुलसीपुर ७ मा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आगामी नेतृत्वका लागि भोली निर्वाचन हुन लागेको छ । संस्थाको आगामी चार बर्षे कार्य अवधीका लागी सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि अध्यक्षमा निर्वाचन हुन लागेको हाे ।

अध्यक्ष बाहेक अन्य सबै पदमा सहमती जुटेको छ । अध्यक्ष पदमा बर्तमान अध्यक्ष र उपाध्यक्ष बिच प्रतिष्प्रर्धा हुन लागेको छ । संस्थाको नेतृत्वका लागी गत सोमवार अध्यक्षमा शुक्रराज भण्डारी र देवराज भण्डारीले मनोनयन दर्ता गराउनु भएको थियो ।

दुवै जनाको उम्मेदवारी परेपछि पनि सहमतीको प्रयास भएको थियो । तर दुवै जनाको अडानका कारण चुनाव हुन लागेको हो । शक्रुराज भण्डारी बर्तमान अध्यक्ष र देवराज भण्डारी बर्तमान उपाध्यक्ष हुनुहुन्छ । समितिका अनुसार शनिवार दिउँसो १२ बजेदेखी बेलुकी पाँच बजे सम्म मतदान हुने भएको छ । संस्थाका २ हजार २ सय ७३ मतदाता रहेका छन् ।

सर्वसम्मत निर्वाचित पदाधिकारीहरु

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे