मानसिक सन्तुलन गुमाएकी महिलाको लमहीबाट उद्दार



मानसिक सन्तुलन गुमाएकी महिलाको लमहीबाट उद्दार

भालुवाङ १३ फागुन । लमही बजारमा महिलाहरुलाई हातपात गर्दै हिड्ने एक मानसिक सन्तुलन गुमाएकी महिलालाई नेपालगंजस्थित मानव सेवा आश्रममा पठाईएको छ । केहि दिनदेखि लमही बजारमा देखा परेकी मानसिक सन्तुलन ठिक नभएकी महिला मधेसी मुलकी हुन्।

उनले लमही बजारका विभिन्न सडकमा पुगी बजार आएका महिला, बालबालिकाहरुलाई आक्रमण गर्ने, टोक्ने, कपडा तान्दिने र कपाल तान्ने जस्ता क्रियाकलाप गर्दै आएकी थिइन्। बजार घुम्न लमही पुगेका तथा स्थानीय व्यवसायी महिलाहरुलाई एक्कासी झम्टिने, रुने कराउने जस्ता कार्य गर्दै आएको स्थानीय व्यवसायी अब्दुल रहमानले बताए। महिलाले जोकोहीलाई पनि हात हाल्ने, कपडा र कपाल समाते पछी छोड्दै नछोड्ने गरेको देखेको उनले बताए ।

बजारमा आएका महिला, बालबालिकालाई त्रसित पार्न थालेपछि उद्योग वाणिज्य संघ लमही, लमही नगरपालिका, वडा प्रहरी कार्यालय लमही र निलसागर मानव सेवा आश्रमको संयुक्त पहलमा नेपालगंजस्थित रहेको मानव सेवा आश्रममा पठाईएको देउखुरी उद्योग वाणिज्य संघ लमहीका उद्योग उपाध्यक्ष केशवराज पोख्रेलले जानकारी दिए ।

संघले यस अघि पनि लमही बजारमा रहेका थुप्रै मानसिक सन्तुलन ठिक नभएका मानिसहरुलाई देउखुरीको राप्ती गाउँपालिकामा रहेको निलसागर मानव सेवा आश्रममा पठाउने काम गरिसकेको छ । देउखुरी उद्योग वाणिज्य संघका सदस्य नुमाकांत बोहराको जिम्मा लगाएर ति महिलालाई नेपालगंज पठाइको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे