दाङमा शुक्रबार थप ९ जना कोरोना संक्रमणमुक्त, एक जनामा संक्रमण पुष्टि



दाङमा शुक्रबार थप ९ जना कोरोना संक्रमणमुक्त, एक जनामा संक्रमण पुष्टि

घाेराही १३ फागुन । दाङमा शुक्रबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ जनाको एन्टिजेन परिक्षणबाट तुुलसीपुरका एक पुुरुषमा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र दाङले जनाएको छ ।

यसैविच जितेको २४ घण्टामा जिल्लामा एन्टिजेन र पिसिआरबाट ९ जना कोरोना मुक्त भएका छन् । जसमा घोराहीका ५ जना, गढवा, लमही, तुलसीपुर र जिल्ला बाहिरका एक ÷एक जना रहका केन्द्रले जनाएको छ ।

जिल्लामा अहिले १९ जना सक्रिय संक्रमित रहेका छन् । त्यसमध्ये घरमा १८ जना, आईसियु सहितको उपचारमा १ जना रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे