पहरुवा मेलाको उद्घाटन गर्न लुम्बिनी प्रदेशका मन्त्री रमा घर्ती आउदै



पहरुवा मेलाको उद्घाटन गर्न लुम्बिनी प्रदेशका मन्त्री रमा घर्ती आउदै

सिसहनियाँ १३ फागुन । देउखुरीको राप्ती गाउँपालिका ५ पहरुवा स्थित शिवसवरीधाममा सञ्चालन हुन लागेको धार्मिक मेला तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्नललुम्बिनी प्रदेश कानुन, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती आउने भएका छन् ।

धार्मिक केन्द्रमा फागुन १६ गते देखि १८ गते सम्म सञ्चालन हुन लागेको मेलामा विभिन्न थारु कला संस्कृति झल्किने नृत्य तथा गित संगितहरु, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले बताएको छ ।

फागुन १७ गते विहान १० बजेबाट सुरु हुने मेला उद्घाटन कार्यक्रममा सहभागिताका लागि आयोजकले सवैमा अनुरोध पनि गरेको छ ।

धार्मिक केन्द्रमा स्वर्ग प्राप्तिका लागि गंगा सागर, सागरघाट, विश्वको अग्लो त्रिशूल, १०८ वटा धारा, ५७ वटा शिव लिङ्ग, ३३ कोटी होमकुण्ड, कैलास पर्वत, शिव मन्दिर, भोलेनाथको मन्दिर, मुक्तिनाथ बाबाको मन्दिर, सौणाकोट बाबाको मन्दिर, प्रभुको लुकामारी, प्रभुको गुफा, भगवती देवीको मन्दिर, गोवर्धन पर्वत, सन्तोषी माताको मन्दिर, हनुमानको मन्दिर, बिष्णु भगवानको धुना, बुद्ध भगवानको धरहरा, सुपादेउराली दर्शन, राम भगवानको कुट्टी, बिष्णु भगवानको पोखरी र शिवघाट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे