राप्तीको सार्वजनिक सुनुवाईमा गुनासै गुनासो, सेवाप्रवाहमा भएको कमीकमजोरी सुधार्ने आश्वासन



राप्तीको सार्वजनिक सुनुवाईमा गुनासै गुनासो, सेवाप्रवाहमा भएको कमीकमजोरी सुधार्ने आश्वासन

भालुवाङ १३ फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिकामा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूले गुनासै गुनासो पोखेका छन् । गाउँपालिकाले दिने सेवा प्रवाहमा ढिलासुस्ती, फोटोकपी गर्ने ठाउँ नहुँदा बाहिर जानुपर्ने बाध्यता, नयाँ प्रशासनिक भवन पुर्णमात्र अपांगमैत्री नहुँदा अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकलाई सेवा लिन समस्या, नागरिकको ढाड सेक्ने गरि कर वृद्धि भएको गुनासो गरेका छन् ।

त्यसै गरि राप्ती गाउँपालिकाले फोहोरमैला व्यवस्थापन गर्न नसक्दा मुख्य बजारहरू दुर्गन्धित बन्दै गएको, पशु किसानको समस्या सम्बोधन नगरेको, गाउँपालिकामा बेरूजु बढेको लगायतका गुनासो गर्नुका साथै सुझाव समेत दिएका छन् ।

कार्यक्रममा सहभागीहरू उत्तम अधिकारी, होमप्रसाद शर्मा, उमेश अधिकारी, रणबहादुर सुवेदी, संदिप अधिकारी, प्रकाश आचार्य, सन्तोषकुमार गुप्ता लगायतले गुनासो तथा सुझाव राख्नु भएको थियोे ।

जिज्ञासाको जवाफ राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चाैधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापा, वडा नम्बर ३ का वडा अध्यक्ष चन्दर चाैधरी, वडा नम्बर ४ का विष्णुबहादुर घर्ती क्षेत्री, वडा नम्बर ५ का वडा सचिव अश्लेख चाैधरी , वडा नम्बर ६ का वडा अध्यक्ष वेदप्रसाद चाैधरी, वडा नम्बर ७ का वडा अध्यक्ष विद्याशरण चाैधरी र वडा नम्बर ८ का वडा अध्यक्ष गोकर्णबहादुर राना, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, स्वास्थ्य शाखा प्रमुख नारायण राउत, पशुपंक्षी विकास शाखा प्रमुख शेरबहादुर हमाल, कृषि शाखाका बरसाती गडरिया, इन्जिनियर अशोक बेल्वासेले दिनु भएको थियोे ।

जिज्ञासा जवाफ दिनेहरूले भएका कमिकमजोरी सुधार गर्ने बताएका थिए । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा गाउँपालिकाले वर्ष भरि गरेका कार्य प्रगति बारे प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी गराउनु भएको थियो भने सहजीकरण पत्रकार सुर्दशन रिजालले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे