जनता मावि कालाकाटेको वार्षिकोत्सब तथा अभिभावक दिवस



जनता मावि कालाकाटेको वार्षिकोत्सब तथा अभिभावक दिवस

कालाकाटे १२ फागुन । देउखुरीकाे गढवा -१,कालाकाटे स्थित जनता माध्यमिक विद्यालय कालाकाटेको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहिबार विद्यालय परिसर कालाकाटेमा सम्पन्न भएको छ ।

 

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गोविन्द बोहराको अध्यक्षता एवम् गढवा गाउँ पालिका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यता तथा पूर्व संविधानसभा सदस्य रश्मिराज नेपालीकाे बिशिष्ट आतिथ्यतामा भएकाे कार्यक्रममा बाेल्नेबक्ताहरुले  विद्यालयकाे प्रगतिका लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  

विद्यालयका शिक्षक कृष्णबहादुर कार्कीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गढवा गापाका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारी, गढवा गाउँपालिका कार्यपालिका सदस्य सुबबहादुर कुमाल, पत्रकार महेश रिजाल, नेपाल राष्ट्रिय मा.वि.भालुबाङका प्रधानध्यापक लोकेन्द्र केसी, विद्यालय व्यवस्थापन समितीका सल्लाहकारद्वय माधव सापकोटा, चन्द्र पुरी र विद्यार्थी अनिल सुनारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो कार्यक्रममा पूर्व प्रधानध्यापक मुक्तिप्रसाद शर्मा, कर्मचारी पर्शुराम शर्मा र विव्यस सदस्य केसी कुमारी जैंशी सुवेदीलाई सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा दिल-लक्ष्मी स्मृति पुरस्कारबाट शीला गिरी र प्रताप जिसी, जेहेन्दार प्रतिभा पुरस्कारबाट अविनाश सुवेदी र श्रद्धा पौडेल एवं तुलबहादुर दर्लामी तथा नरबहादुर रखाल स्मृति पुरस्कारबाट हिना कुमाल, आभाष योगी र सम्झना कुमाल पुरस्कृत भएका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वासुदेव वेल्वासेले शैक्षिक प्रगति प्रतिवेदन तथा शिक्षक अभिभावक संघका अध्यक्ष भरत अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमकाे संचालन शिक्षक भानु जिएमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे