देउखुरीको भालुवाङ र लमहीमा एमसीसी खारेजीको माग गर्दै मसाल जुलुस प्रदर्शन



देउखुरीको भालुवाङ र लमहीमा एमसीसी खारेजीको माग गर्दै मसाल जुलुस प्रदर्शन

भालुवाङ ११ फागुन । देउखुरीको लमही र भालुवाङमा बुधबार बेलुका मसाल जुलुस प्रदर्शन गरिएको छ ।

सरकारले जसरी भए पनि एमसीसी पास गर्ने तयारी थालेपछि देशैभर विरोध चर्किन थालेको छ । चौतर्फी विरोध भइरेको बेलाले दाङ देउखुरीको भालुवाङमा पनि बुधबार बेलुका मसाल जुलुस प्रदर्शन र कोणसभा सम्पन्न भएको छ ।

राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिस्ट पार्टीले भालुवाङ पुल्चोकमा मसाल जुलुस सहित कोणसभा गरेका थिए । प्रहरीको सामान्य हस्तक्षेपका बाबजुद पनि कार्यक्रम सफल भएको राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका कमिटीका सचिव दलबहादुर घर्तीले जानकारी दिएका छन् ।

सभालाई राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका अध्यक्ष केशवराज खनाल र नेपाल कम्युनिस्ट पार्टीका दाङ जिल्ला सदस्य सुरज परियारले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै उनीहरूले नेपालमा एमसीसी कुनैपनि हालतमा पास गर्न नदिने बताएका छन् । बरू देश र जनताका लागि बलिदानी दिन तयार छाै तर राष्ट्रियताको रक्षाका लागि देश बेच्न नदिने चेतावनी समेत दिएका छन् । कार्यक्रमको सञ्चालन चन्द्रप्रकाश आचार्यले गरेका थिए ।

यता लमहीमा पनि मसाल जुलुस प्रदर्शन र कोणसभा सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादी, युवा संघ नेपाल, राष्ट्रिय जनमाेर्चा र नेपाल कम्युनिस्ट पार्टीको संयुक्त आयाेजनामा मसाल जुलुस प्रदर्शन गरिएको थियोे ।

एमसीसी खारेजीको माग गर्दै लमहीमा तीन दलले बजार परिक्रमा गर्दै मसाल जुलुस प्रदर्शन गरेका हुन् । बुधबार साँझ एमसीसी विरुद्धमा शान्तिपूर्ण रूपमा मसाल जुलुस गरेको युवा संघ नेपाल दाङका अध्यक्ष हरिस गिरिले जानकारी दिएका छन् ।

उनले एमसीसी खारेजी हुनुपर्ने माग सहित विरोध प्रदर्शन जारी रहने बताए ।एमसीसीको विरोधमा माओवादी, नेकपा (एकीकृत समाजवादी) लगायत राजनीतिक दलहरूले विरोध गर्दै आएका छन् । सरकारमा रहेका मा‌ओवादी र एकीकृत समाजवादीका भातृ संगठन सडक प्रदर्शनमा उत्रिएका छन् ।

लमहीको काेइलाबास चोकबाट शुरु भएको ¥यालीले भेटघाट हाेटल हुदैँ चोकमा पुगी कोणसभामा परीणत भएको थियो । काेणसभालाई नेपाल कम्युनिस्ट पार्टीका लमही नगर इञ्चार्ज जनक विक, राष्ट्रिय जनमाेर्चा लमही नगर कमिटी अध्यक्ष हरि थापा लगायतले सम्बाेधन गरेका थिए ।

कार्यक्रमकाे सञ्चालन नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी युवा संघ नेपाल लमही नगर अध्यक्ष किसन भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे