प्रेस चौतारी दाङको आयोजनामा घोराहीमा आधारभूत पत्रकारिता तालिम सम्पन्न



प्रेस चौतारी दाङको आयोजनामा घोराहीमा आधारभूत पत्रकारिता तालिम सम्पन्न

दाङ ११ फागुन । प्रेस चौतारी दाङको आयोजना र घोराही उपमहानगरपालिकाको सहयोगमा संचालन भएको तीन दिने आधारभूत पत्रकारिता तालिम बुधवार सम्पन्न भएको छ ।

तालिममा घोराही र बंगलाचुली गाउँपालिकाका पुरुष र महिला गरेर ४० जनाको सहभागिता थियो । चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा भएको तालिम समापनमा घोराही उपमानगरपालिका कावा नगर प्रमुख भरतमणि अर्यालले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न प्रशिक्षार्थीलाई सुझाव दिएका थिए ।

‘ यो आधारभूत तालिमले तपाईहरुलाई यो क्षेत्रमा प्रवेश गर्न ढोका खोलेको छ’ कार्यक्रममका प्रमुख अतिथि समेत रहेका अर्यालले भने‘अब अघि बढन तपाईहरुको क्रियाशिलतामा नै भर पर्छ ।’ पत्रकारिता क्षेत्रको विकास र नयाँ पत्रकार उत्पादनको लागि उपमहानगरले विगतदेखि नै सहयोग गर्दै आएको उनले बताए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका उपाध्यक्ष सनिव प्रियाशन र केन्द्रीय सल्लाहकार शरद अधिकारीले पत्रकारिता क्षेत्रको विकास र पत्रकार उत्पादनमा प्रेस चौतारीले विगतदेखि भूमिका खेल्दै आएको चर्चा गरेका थिए ।

समापन कार्यक्रममा चौतारीका केन्द्रीय सदस्य टीका बस्नेत, पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, सहभागि लुमा भण्डारी र राजन बुढा लगायतले मनतव्य राखेका थिए । चौतारी दाङका उपाध्यक्ष प्रेमबहादुर राम्जाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण सचिव किरण गौतमले गरेका थिए ।

तीन दिनसम्म चलेको तालिममा आम संचार, समाचार, समाचार लेख्ने तरिका, राजनीतिक विषयका समाचार, फिचर, समाचारका कोण र महत्व, पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता, अवसर र चुनौती, समाजिक सजालको प्रयोग र अनलाइन पत्रकारिताका विषयमा छलफल भएको थियो । तालिमको प्रशिक्षकहरुमा पत्रकारहरु शरद अधिकारी, दुर्गालाल केसी, टीका बस्नेत, जे एन सागर, बसन्त आचार्य, रञ्जिता शर्मा र दशरथ घिमिरे लगायतका रहेका थिए ।

पालिका स्तरीय चौतारीको समिति गठनः

यसैविच ‘एक वडा एक चौतारी सदस्य’ अभियान अन्तर्गत घोराही र बंगलाचुली गाउँपालिका स्तरीय प्रेस चौतारीको समिति गठन गरिएको छ । घोराही उपमहानगरमा चौतारी दाङका सदस्य सुवास शर्माको अध्यक्षतामा समिति निर्माण गरिएको छ ।

समितिको सचिवमा विनोद नेपाली रहेका छन्। त्यसैगरेर बंगलाचुलीमा जिल्ला कार्य समिति सदस्य मुना खनालको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिको सचिवमा भेषराज जिसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे